Like us!
Follow us!
Connect us!
Watch us!

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्ताे छ आजकाे विनिमयदर दर

निशा हुमाँगाई

आइतबार, १३ पुस २०७६, ११ : ३५ मा प्रकाशित

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्ताे छ आजकाे विनिमयदर दर

अर्थ संसार, काठमाडौं –  आज (आइतबार) नेपाली बजारमा शुक्रबारको तुलनामा अमेरिकी डलरसहित अन्य देशको भाउ बढेको छ । आइतबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ८८ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४८ पैसा तोकेको छ । शुक्रबार १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ८० पैसा र बिक्रीदर ११४ रुपैयाँ ४० पैसा रहेकाे थियाे ।

त्यसैगरी, आइतबार साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३५ पैसा र बिक्रीदर ३० रुपैयाँ ५१ पैसा रहेको छ । शुक्रबार साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३३ पैसा र बिक्रीदर ३० रुपैयाँ ४९ पैसा रहेको थियाे । त्यस्तै, कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४४ पैसा तोकिएको छ । शुक्रबार कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४२ पैसा ताेकिएको थियाे ।

सिटिजन्स बैंकमा हाकिमको ब्रह्मलुट

यस्तैगरी, आइतबार ओमानी रियाल १ को खरिददर २९६ रुपैयाँ ७१ पैसा ताेकिएको छ । शुक्रबार ओमानी रियाल १ को खरिददर २९५ रुपैयाँ ६३ पैसा ताेकिएको थियाे । आज यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ र बिक्रीदर ३१ रुपैयाँ १७ पैसा तोकिएको छ । शुक्रबार यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९८ पैसा र बिक्रीदर ३१ रुपैयाँ १५ पैसा रहेकाे थियाे ।

त्यस्तै, आज मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ५९ पैसा र बिक्रीदर २७ रुपैयाँ ७३ पैसा रहेको छ । शुक्रबार मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ५४ पैसा र बिक्रीदर २७ रुपैयाँ ६८ पैसा रहेको थियाे । आइतबार  कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८२ पैसा र बिक्रीदर ९ रुपैयाँ ८७ पैसा तोकिएको छ । शुक्रबार कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८० पैसा र बिक्रीदर ९ रुपैयाँ ८५ पैसा ताेकिएको थियाे ।

साथै, कुवेती दिनार १ को खरिददर ३७५ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ३१ पैसा तोकिएको छ । शुक्रबार कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ८९ पैसा ताेकिएको थियाे ।

 बहराइन दिनार १ को खरिददर ३०२ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ६१ पैसा तोकेको छ । शुक्रबार बहराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ४२ पैसा ताेकिएको थियाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको