Like us!
Follow us!
Connect us!
Watch us!

यी पाँच कम्पनीकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

निशा हुमाँगाई

आइतबार, १३ पुस २०७६, ११ : ५९ मा प्रकाशित

यी पाँच कम्पनीकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ संसार, काठमाडौं – आज (पुस १३ गते, आइतबार) नेप्सेमा विभिन्न पाँच कम्पनीहरुको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेकाे छ । यी ५ वटै कम्पनीहरुले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थका लागि भोलि, पुस १४ गतेदेखि बुकक्लोज गर्ने भएका छन् ।

प्राइम कमर्सियल बैंक, महुली लघुवित्त वित्तीय संस्था, साना किसान लघुवित्त, जानकी फाइनान्स र युनाइटेड फाइनान्सकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हाे ।

सिटिजन्स बैंकमा हाकिमको ब्रह्मलुट

प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंकलाई प्राप्त गर्ने र लाभांश पारित गर्ने विशेष एजेन्डासहित पुस २५ गते साधारण सभा बोलाएको छ । उक्त सभा राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्गमा बिहान १० बजेदेखि शुरु हुने भएकाे छ ।

त्यस्तै, महुली लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने प्रस्तावसहित कम्पनीको सातौं वार्षिक साधारण सभा बाेलाएकाे छ । संस्थाले पुस २६ गते संस्थाको केन्द्रिय कार्यालय सप्तरीमा सभा बोलाएको हो । 

त्यसैगरी, साना किसान लघुवित्तले पुस २६ गते अठारौँ वार्षिक साधारण सभा आह्वान गरेकाे छ । उक्त सभा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेलमा बिहान ११ बजे शुरु हुनेछ ।

यसका साथै, युनाइटेड फाइनान्सले पुस २९ गते २५ औँ वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा कार्की बैंकेट, बबरमहलमा बिहान ११ बजे शुरु हुने भएकाे छ ।

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको