Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा सात कम्पनीकाे शेयर मूल्य समायोजन

निशा हुमाँगाई

सोमबार, १४ पुस २०७६, १० : १३ मा प्रकाशित

नेप्सेमा सात कम्पनीकाे शेयर मूल्य समायोजन

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (साेमबार) सात कम्पनीको शेयर मूल्य समायोजन भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक, प्राइम कमर्सियल बैंक, सपोर्ट माइक्रोफाइनान्स , साना किसान लघुवित्त वित्तीय संस्था , महुली लघुवित्त वित्तीय संस्था, जानकी फाइनान्स र युनाइटेड फाइनान्सकाे शेयरमूल्य समायोजन भएको हाे ।

नेपाल इन्भेष्टमेन्ट बैंक

नेपाल इन्भेष्टमेन्ट बैंककाे १०.५० प्रतिशत बोनस शेयरपछि नेप्सेमा प्रतिकित्ता  ३९१ रुपैयाँ ८६ पैसा कायम हुने गरी शेयर मूल्य समायोजन भएको छ ।

प्राइम कमर्सियल बैंक

प्राइम कमर्सियल बैंककाे १६ प्रतिशत बोनस शेयरपछि नेप्सेमा प्रतिकित्ता २४० रुपैयाँ ५२ पैसा हुने गरी शेयर मूल्य समायोजन भएको छ ।

सपोर्ट माइक्रोफाइनान्स

सपोर्ट माइक्रोफाइनान्सकाे १० प्रतिशत बोनस शेयरपछि नेप्सेमा प्रतिकित्ता ५४७ रुपैयाँ २७ पैसा हुने गरी शेयर मूल्य समायोजन भएको छ ।

साना किसान लघुवित्त वित्तीय संस्था

साना किसान लघुवित्त वित्तीय संस्थाकाे २७.२५ प्रतिशत बोनस शेयरपछि नेप्सेमा प्रतिकित्ता ७८४ रुपैयाँ २८ पैसा हुने गरी शेयर मूल्य समायोजन भएको छ ।

महुली लघुवित्त वित्तीय संस्था

महुली लघुवित्त वित्तीय संस्थाकाे २० प्रतिशत बोनस शेयरपछि नेप्सेमा प्रतिकित्ता ७५० रुपैयाँ ८३ पैसा हुने गरी शेयर मूल्य समायोजन भएको छ ।

जानकी फाइनान्स

जानकी फाइनान्सकाे २२ प्रतिशत बोनस शेयरपछि नेप्सेमा प्रतिकित्ता १६३ रुपैयाँ ११ पैसा कायम हुने गरी शेयर मूल्य समायोजन भएको छ ।

युनाइटेड फाइनान्स

युनाइटेड फाइनान्सकाे ३ प्रतिशत बोनस शेयरपछि नेप्सेमा प्रतिकित्ता १७१ रुपैयाँ ८४ पैसा कायम हुने गरी शेयर मूल्य समायोजन भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको