Like us!
Follow us!
Connect us!
Watch us!

यी पाँच कम्पनीकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

निशा हुमाँगाई

मंगलबार, १५ पुस २०७६, ११ : १९ मा प्रकाशित

यी पाँच कम्पनीकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ संसार, काठमाडाैं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा विभिन्न पाँच कम्पनीहरुको लाभांश सुरक्षित गर्ने आज (मंगलबार) अन्तिम दिन रहेकाे छ । यी ५ वटै कम्पनीहरुले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थका लागि भोलि (बुधबार) बाट बुकक्लाेज गर्ने भएका छन् । समीट लघुवित्त, सिन्धु विकास बैंक, ज्याेति विकास बैंक, गुडविल फाइनान्स र नेपाल सेवा लघुवित्तले भाेलिबाट बुकक्लाेज गर्ने भएका हुन् ।

समीट लघुवित्तले पुस २९ गते एघारौँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । उक्त सभा अग्रसेन भवन, बिर्तामोडमा बिहान १० बजे शुरु हुनेछ ।

साथै, सिन्धु विकास बैंकले पुस २९ गते दशौँ वार्षिक साधारण सभा आह्वान गरेको छ। बैंकको उक्त साधारण सभा सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको सभाहल, बाह्रबिसेमा बिहान साढे ११ बजे शुरु हुनेछ ।

त्यसैगरी, ज्याेति विकास बैंकले पुस २९ गते साधारण सभा बोलाएको छ । बैंकको उक्त सभा राष्ट्रिय सभागृह, प्रदर्शनीमार्गमा बिहान ११ बजेदेखि शुरु हुनेछ ।

त्यस्तै, गुडविल फाइनान्सले फाइनान्सको २५ औँ वार्षिक साधारण सभा पुस २९ गते आह्वान गरेकाे छ । साधारण सभा गुडविल कम्प्लेक्स्, हात्तीसारमा बिहान ११ बजे शुरु हुनेछ ।

नेपाल सेवा लघुवित्तले लघुवित्तले पुस २९ गते साधारण सभा बाेलाएकाे छ । उक्त सभा इन्द्रावती सामुदायिक सेवा केन्द्र, सिन्धुपाल्चोकमा बिहान ११ बजे शुरु हुनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको