Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ वर्षमा भायानेटकाे “ट्रिपल ट्वान्टी अफर”

निशा हुमाँगाई

मंगलबार, १५ पुस २०७६, १५ : ५६ मा प्रकाशित

नयाँ वर्षमा भायानेटकाे “ट्रिपल ट्वान्टी अफर”

अर्थ संसार, काठमाडौं – नयाँ वर्ष २०२० को अवसरमा भायानेटले आफ्ना  ग्राहकहरूका लागि “ट्रिपल ट्वान्टी अफर” ल्याएकाे छ । नयाँ वर्ष २०२० को सुमधुर सुरूवात गर्नका लागि भायानेटले ग्राहकहरूका लागि २० Mbps को नयाँ इन्टरनेट प्लान ल्याएको हो ।

उक्त नयाँ इन्ट्री–लेबलको प्लान सीमित अवधिका लागि वार्षिक रू. ११ हजार ४ सयमा उपलब्ध गराइएकाे छ । जसमा २५० भन्दा धेरै च्यानलहरू भएको नेट टिभी निःशुल्क पाउनुका साथै जडान शुल्कमा समेत रू. १००० छुट प्रदान गरिने भएकाे छ ।

यसका साथै भायानेटले बजारमा आएको २० वर्ष पनि मनाइ रहेकोले “ट्रिपल ट्वान्टी अफर” नयाँ ग्राहकको लागि भायानेटको परिवारसँग जोडिनका लागि उत्कृष्ट समय रहेकाे छ । यो अफर ३० डिसेम्बर २०१९ देखि १४ जनवरी २०२० सम्म मात्र लागू हुने भएकाे छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको