Like us!
Follow us!
Connect us!
Watch us!

सिटी एक्सप्रेसको “लखपति एक्स्प्रेस २०७६ – न यति न उति सिधै लखपति” योजनाको बम्पर उपहार विजेता घोषित

निशा हुमाँगाई

विहीबार, २४ पुस २०७६, १३ : ५७ मा प्रकाशित

सिटी एक्सप्रेसको “लखपति एक्स्प्रेस २०७६ – न यति न उति सिधै लखपति” योजनाको बम्पर उपहार विजेता घोषित

अर्थ संसार, काठमाडौं – सिटी एक्सप्रेस मनि ट्रान्सफरको “लखपति एक्स्प्रेस २०७६ – न यति न उति सिधै लखपति” योजना अन्तर्गत बम्पर उपहार रू १० लाखकाे विजेता घोषित  गरिएकाे छ । विजेता हुनेमा साउदी अरबको अरब नेशनल बैंक – टेलिमनी बाट पैसा पठाउने जागेश्वर भुस्कुलिया यादव रहेका छन् ।

सिटी एक्सप्रेस कम्प्लेक्स भवनमा एक समारोह बीच सिटी एक्सप्रेसको प्रबन्ध निर्देशक श्री चन्द्र टण्डन  द्वारा सिस्ट्ममा आधारित लक्कीड्र मार्फत उक्त विजेता घोषणा गरिएकाे छ । यस उपहार योजना अबधीभर हाल सम्म दैनिक उपहार योजना अन्तर्गत ९०० जनाले रू २००/- को मोबाइल टप अप, साप्ताहिक रूपमा १२  जना विजेताले रू १०,०००/- नगद र ३ जनाले रू १,००,०००/- नगद प्राप्त गरिसकेका छन् । ती सबै उपहारहरू विद्युतीय लक्कीड्र मार्फत विजेता छनौट गरिएको थियो ।

सिटी एक्सप्रेसको  “लखपति एक्स्प्रेस २०७६ – न यति न उति सिधै लखपति” उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत उपभोक्ताहरूले दैनिक रू २०० /- को मोबाइल टप अप १२ जनालाई, त्यसैगरी साप्ताहिक रूपमा रू १०,००० /- तीन जनालाई र हरेक महिना लक्की ड्र मा विजयी हुने एक जनाले  रू १००,००० /- र अन्त्यमा एक जना भाग्यशाली विजेताले रू १०,००,००० /- बम्पर उपहार प्राप्त गर्ने प्रावधान राखिएको थियो ।

सिटी एक्सप्रेस मनि ट्रान्सफरले आफ्नो उपभोक्ताहरूका लागि दसै, तिहार र छठलाई लक्षित गर्दै यस “लखपति एक्स्प्रेस २०७६ – न यति न उति सिधै लखपति” योजनाको आयोजना गरेको थियो । यो योजना असोज १ गते देखि मंसिर ३० गते सम्म चलेको थियो । यो अवधिभर सिटी एक्सप्रेस मार्फत मनी ट्रान्सफर गर्ने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी भएका थिए । 

सिटी  एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १३ वर्ष देखि विश्व भरी आफ्नो रेमिट एजेन्टहरूबाट ७५०० भन्दा बढि नेपालको एजेन्टहरू मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको