Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंककाे घातक रोग उपचार तथा मृत्यु बीमाको योजना एक वर्ष पूरा

निशा हुमाँगाई

सोमबार, २८ पुस २०७६, १५ : ३१ मा प्रकाशित

नबिल बैंककाे घातक रोग उपचार तथा मृत्यु बीमाको योजना एक वर्ष पूरा

अर्थ संसार, काठमाडौं – नबिल बैंकले आफ्ना व्यक्तिगत बचतकर्ता ग्राहकहरूको हितलाई मध्यनजर गर्दै मेटलाईफ बीमा कम्पनीको सहकार्यमा रू ३,००,०००/– को घातक रोग बीमा तथा रू ७५,०००/– को मृत्यु बीमा गरिदिने योजना वि.सं. २०७५ मंसिरमा शुरूवात गरी एक वर्ष पुरा गरेको छ ।

उक्त बीमा योजना ल्याएको एक वर्षमा कुल ८६ बचतकर्ताहरूलाई यस योजना अन्तर्गत रकम रू २ करोड १ लाख ७५ हजार दाबी भुक्तानी गरिएको छ । ग्राहक महानुभावहरूबिच यस योजनाको लोकप्रियता तथा यसले पुर्याएको सहयोगलाई मध्यनजर गर्दै यस योजनालाई निरन्तरता दिने निर्णय समेत बैंकले गरेको छ ।

उक्त योजना अन्तर्गत बैंकले दैनिक मौज्दात रू २५,०००/– वा वढि राख्ने १६ देखि ६४ वर्ष उमेरका जुनसुकै प्रकारका नेपाली मुद्राका व्यक्तिगत बचत खातालाई  Major Cancers, Stroke, First Heart Attack, Serious Coronary Artery Disease, Heart Valve Surgery, Primary Pulmonary Hypertension, End Stage Lung Disease, End Stage Liver Failure, Fulminant Hepatitis, Kidney Failure, Coma, Aplastic Anaemia, Major Organ/Bone Marrow Transplantation गरी १३ वटा घातक रोगहरूको उपचारार्थ रू ३००,०००/– को बीमा गरेको छ ।

आफ्ना ग्राहकको सहजतालाई आत्मसाथगर्दै उक्त १३ वटा मध्य कुनैपनि घातक रोग लागेको निवेदन उपर निदान – (Diagnosis) आवश्यक प्रमाण पुरा भएको अवस्थामा रू ३००,०००/– को  बीमा रकम बिना कुनै विल तत्काल भुक्तानी हुनेगरी व्यवस्था गरिएको छ । यसको अतिरिक्त बचतकर्ताको निधन भएमा रु ७५,०००/– को बीमांक रकम समेत यो योजनाले सुरक्षित गरेको छ ।

हाम्रो समुदायमा घातक रोगहरूको प्रभाव दिनप्रतिदिन बढ्दो क्रममा रहेको तथा तिनको उपचारार्थ अत्याधिक व्ययभार हुने कुरालाई ध्यानमा राख्दै यस्तो घातक रोग लागेको अवस्थामा उपचारको क्रममा नै केहि आर्थिक सहयोग समयमै पुर्याउने उदेश्यका साथ आफ्ना बचतकर्ताको सुरक्षण सहित नबिल बैंक प्रस्तुत भएको थियो ।

 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको