Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन डिष्टिलरीकाे लाभांश बैंक खातामा, तपाईकाे खातामा आयाे ? नत्र यसाे गर्नुस्

निशा हुमाँगाई

सोमबार, ०६ माघ २०७६, १३ : १९ मा प्रकाशित

हिमालयन डिष्टिलरीकाे लाभांश बैंक खातामा, तपाईकाे खातामा आयाे ? नत्र यसाे गर्नुस्

अर्थ संसार, काठमाडौं – हिमालयन डिष्टिलरी लिमिटेडले हिजाे (आइतबार माघ ५ गते) बाट आफ्ना शेयरधनीलाई धमाधम लाभांश पठाउन थालेकाे छ । कम्पनीकाे पुस १ गते सम्पन्न १९ औँ वार्षिक साधारण सभाबाट पारित भएको ५२.६३ प्रतिशत नगद लाभांश बैंक खातामा जम्मा गरेको हो ।

यसैगरी, कम्पनीले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा उक्त लाभांश पठाएकाे छ ।

यस्तै, कम्पनीले हालसम्म पनि हितग्राही खातामा आफ्नाे बैंककाे खाता अपडेट नगरेका शेयरधनीलाई शिघ्र शेयर अभौतिकिकरण गराई हितग्राही खाता र बैंक खाताको विवरण बुझाउन आग्रह गरेको छ ।

कम्पनीकाे शेयर रजिष्ट्रार नबिल इन्भेष्टेमन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको