Like us!
Follow us!
Connect us!
Watch us!

यी चार कम्पनीले धमाधम लाभांश पठाउँदै, शेयरधनीलाई यस्ताे आग्रह

निशा हुमाँगाई

सोमबार, ०६ माघ २०७६, ११ : ५० मा प्रकाशित

यी चार कम्पनीले धमाधम लाभांश पठाउँदै, शेयरधनीलाई यस्ताे आग्रह

अर्थ संसार, काठमाडौं – विभिन्न चार कम्पनीहरूले आफ्ना शेयरधनीलाई धमाधम लाभांश पठाउँदै छन् । समता लघुवित्त, गुडविल फाइनान्स, मञ्जुश्री फाइनान्स र विजय लघुवित्तले नगद लाभांश पठाउने व्यवस्था गरेका हुन् ।

यसैगरी, यी चारवटै कम्पनीहरुले पुस २९ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा उक्त लाभांश पठाउन लागेका हुन् । 

समता लघुवित्तकाे पुस २९ गते सम्पन्न छैठौँ वार्षिक साधारण सभाबाट पारित गरिएको ५.५२ प्रतिशत नगद लाभांश हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा पठाउनेछ ।

त्यसैगरी, गुडविल फाइनान्सकाे पुस २९ गते सम्पन्न २५ औँ वार्षिक साधारण सभाले पारित गरेको १० प्रतिशत नगद लाभांश हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा पठाउनेछ ।

फाइनान्सले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

यस्तै, मञ्जुश्री फाइनान्सकाे पुस २९ गते सम्पन्न १२ औँ वार्षिक साधारण सभाले पारित गरेको ९.८० प्रतिशत नगद लाभांश (करसहित) हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा पठाउनेछ ।

फाइनान्सले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

यसैगरी, विजय लघुवित्तकाे पुस २६ गते सम्पन्न ७ औँ वार्षिक साधारण सभाबाट पारित गरिएको ५ प्रतिशत नगद लाभांश (करसहित) हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा पठाउनेछ ।

लघुवित्तले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको