Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजारमा आगलागी

निशा हुमाँगाई

सोमबार, ०६ माघ २०७६, १५ : ०४ मा प्रकाशित

शेयर बजारमा आगलागी

अर्थ संसार, काठमाडौं – आज (साेमबार) शेयर बजार २६.५४ अंकले घटेकाे छ । कुल १८२ वटा कम्पनीको ५८ लाख ४६ हजार २३८ कित्ता शेयर खरिदविक्री हुँदा १ अर्ब  ९७ करोड ३ लाख ८७ हजार ९९३ रुपैयाँको कारोबार भएकाे छ ।

१३४३.६५ विन्दुबाट सुरु भएको नेप्से इन्डेक्स  शेयर बजार बन्द हुँदासम्म बढेर १३१७.११ अंकमा आइपुगेको छ ।

साेमबार बैंकिङ १५.८८ अंक, व्यापार ५४.५९ अंक, होटल ६४.०९ अंक, विकास बैंक ५२.८७ अंक, जलविद्युत ४२.२२ अंक, फाइनान्स २२.३३ अंक, निर्जिवन लाइफ ११६.३१ अंक, उत्पादन ७१.९१ अंक, अन्य १३.५३ अंक, माइक्रोफाइनान्स ५७.८८ अंक, लाइफ इन्स्योरेन्स १५४.६५ अंक र सामूहिक लगानी कोष समूह ०.१८ अंकले घटेकाे छ । 

 

5e25748f287b6.jpg 5e257494465dc.jpg 5e2574985e9db.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको