Like us!
Follow us!
Connect us!
Watch us!

मंगलबार शेयर बजार ३.३६ अंकले बढ्याे, काराेबार कति भयाे ?

निशा हुमाँगाई

मंगलबार, ०७ माघ २०७६, १५ : २५ मा प्रकाशित

मंगलबार शेयर बजार ३.३६ अंकले बढ्याे, काराेबार कति भयाे ?

अर्थ संसार, काठमाडौं – आज (मंगलबार) शेयर बजार ३.३६ अंकले बढेकाे छ । कुल १८३ वटा कम्पनीको ४४ लाख ५५ हजार ५४५ कित्ता शेयर खरिदविक्री हुँदा १ अर्ब  ५१ करोड ९९ लाख ७६ हजार ७६० रुपैयाँको कारोबार भएकाे छ ।

१३१७.११ विन्दुबाट सुरु भएको नेप्से इन्डेक्स  शेयर बजार बन्द हुँदासम्म बढेर १३२०.४७ अंकमा आइपुगेको छ ।

मंगलबार बैंकिङ ४.६७ अंक, व्यापार ८.२ अंक, होटल २.३२ अंक, निर्जिवन लाइफ ८१.१७ अंक, उत्पादन १९.२२ अंक र लाइफ इन्स्योरेन्स ६१.४७ अंकले बढेकाे छ ।  

त्यसैगरी,  विकास बैंक १०.२७ अंक, जलविद्युत ०.७६, अंक, फाइनान्स ३.४८ अंक, अन्य ७.४४ अंक, माइक्रोफाइनान्स २.४ अंक र सामूहिक लगानी कोष समूह ०.१५ अंकले घटेकाे छ ।

 

5e26cc941521b.jpg 5e26cc9993754.jpg 5e26cc9e37e54.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको