Like us!
Follow us!
Connect us!
Watch us!

सनराइज बैंकको ४६ औं शाखारहित बैंकिङ्ग सेवा मोरङ्गको हरैचामा

अर्थ संसार

विहीबार, ०९ माघ २०७६, २१ : ५८ मा प्रकाशित

सनराइज बैंकको ४६ औं शाखारहित बैंकिङ्ग सेवा मोरङ्गको हरैचामा

अर्थ संसार, काठमाडौं-सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुर्याउँदै जाने उद्धेश्यका साथ मोरङ्गको हरैचामा ४६ औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।

बिहिबार आयोजित एक कार्यक्रममा शाखारहित बैंकिङ्ग सेवा सुन्दरहरैचा नगरपालिका – १ का अध्यक्ष  विनोद बहादुर बस्नेत र बैंकको प्रादेशिक कार्यालय १ का  प्रमुख  विवेक निरौलाले  संयुक्त रुपमा बैंकिङ्ग सेवाका प्रतिनिधि ममता कुमारी चौधरीलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गर्दै उद्घाटन गर्नुभयो ।

उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । शाखारहित बैंकिङ्ग सेवाबाट निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ ।

हालसम्म सन््राइज बैंकले १३० वटा शाखा,४६ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १५२ वटा ए.टि.एम मार्फत आफ्ना ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले  आफ्ना सेवाहरm विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि बैकिङ्ग सेवा संचालन गर्दैजाने योजना रहेको जनाएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको