Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंक र नेपाल टेलिकम बिच सम्झौता

निशा हुमाँगाई

शुक्रबार, २४ माघ २०७६, १० : ३२ मा प्रकाशित

नबिल बैंक र नेपाल टेलिकम बिच सम्झौता

अर्थ संसार, काठमाडौं – नेपाल दुरसंचार कम्पनी लिमिटेड र नबिल बैंक लिमिटेड बीच पेमेन्ट गेटवे सेवाका लागि विशेष सम्झौता सम्पन्न भएकाे छ ।

यसैगरी, नेपाल टेलिकमले  आफ्नाे १६ औं वार्षिकोत्सवको विशेष अवसर पारेर नबिल बैंक संगको सहकार्यमा पेमेन्ट गेटवे सेवा संचालनमा ल्याएको छ । यस सेवा अन्तर्गत नेपाल टेलिकमका ग्राहकहरूले पहिलो चरणमा टेलिकमको Website मा रहेको Card Payment सुविधा मार्फत सम्पूर्ण Visa तथा Mastercard हरू प्रयोग गरी हाललाई Postpaid तथा Prepaid मोबाइल Recharge/Top-Up गर्न सक्नेछन् ।

साथै निकट भविष्यमा यो सेवा नेपाल टेलिकमको मोबाईल एप मार्फत पनि उपलब्ध गराईने छ ।

यस्तै, विशेष समारोहबीच सम्पन्न कार्यक्रममा नेपाल टेलिकमका प्रमुख व्यवसायिक अधिकृत भानु राज श्रेष्ठ तथा नबिल बैंकका तर्फबाट प्रमुख बजार व्यवस्थापन अधिकृत बिनय कुमार रेग्मीले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

कार्यक्रममा बोल्दै टेलिकमका प्रमुख व्यवसायिक अधिकृतले ग्राहकको माग र विधुतीय पेमेन्ट प्रणालीको आवश्यकतालाई मध्यनजर गर्दै सुरू गरिएको यो सेवा मार्फत संसारको कुनै पनि कुनाबाट VISA तथा  MasterCard प्रयोग गरी नेपाल टेलिकमको मोबाइल Recharge वा Balance Top-up गर्न सकिने भएकोले ग्राहकहरूलाई सेवा प्रयोग गर्न निकै सहज हुनेछ भन्ने विश्वास लिईएको जानकारी गराएका छन् ।

त्यसैगरी, हाललाई प्रिपेड तथा पोस्टपेड मोबाईलबाट सुरूवात गरिएको यो सेवा निकट भविष्यमा नेपाल टेलिकमका अन्य सेवाहरू खरिद गर्न तथा बिल तिर्न पनि प्रयोग गर्न सकिने छ । 

त्यस्तै, नबिल बैंकका तर्फबाट प्रमुख बजार व्यवस्थापन अधिकृतले नेपालमा विधुतीय पेमेन्ट प्रणालीको विकासका लागि यो सहकार्य कोशेढुंगा सावित हुने विश्वास लिएको तथा यस कार्यले आफुहरूलाई थप जिम्मेवार बनाएको जानकारी गराएका छन् ।

यसैगरी, नेपालमा दुरसंचार सेवा प्रदान गरेको १०० वर्ष भन्दा बढी अनुभव बनाई सकेको नेपाल टेलिकमले मोबाइल सेवाको संचालन सन् १९९८ देखि र नबिल बैंकले कार्ड सेवा सुविधा सन् १९९० देखि संचालनमा ल्याएको हो । लामो ऐतिहासिक पृष्ठभूमि भएका यी दुवै संस्थाका सेवाबाट नेपालका करोडौ सेवाग्राहीहरू लाभान्वित हुँदै आएका छन् । 

सन् १९८४ देखि आफ्ना ग्राहकहरूलाई समय अनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको ११२ शाखा १६० ए. टि. एम. र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरू छन् । साथसाथै बैंकले देशव्यापी रूपमा र विश्वभर धेरै एजेन्टहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै अघि बढ्ने विश्वास लिएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

धेरै पढिएको