Like us!
Follow us!
Connect us!
Watch us!

प्रगति गर्दै एनएमबि बैंक, खुद नाफा डेढ अर्ब नाघ्यो

निशा हुमाँगाई

आइतबार, २६ माघ २०७६, ०९ : ३९ मा प्रकाशित

प्रगति गर्दै एनएमबि बैंक, खुद नाफा डेढ अर्ब नाघ्यो

अर्थ संसार, काठमाडौं - एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार बैंकले दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकले १ अर्ब ६३ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे यसै अवधिको तुलनामा ५२ करोड ६१ लाख रूपैयाँले धेरै हाे । 

यसैगरी, दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकले २ अर्ब ७३ करोड ४३ लाख रुपैयाँ खुद व्याज आम्दानी गर्न सफल भएकाे छ । उक्त व्याज रकम गत आर्थिक वर्षकाे यसै अवधिको तुलनामा ७२ करोड ८८ लाख रूपैयाँले धेरै हाे ।

त्यस्तै, बैंककाे प्रतिशेयर आम्दानी ३० रुपैयाँ ४० पैसा रहेकाे छ । बैंककाे प्रतिशेयर नेटवर्थ १८८ रुपैयाँ ५५ पैसा रहेकाे छ । 

बैंक​ले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ : 

5e3f861c4a292.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको