Like us!
Follow us!
Connect us!
Watch us!

सोल्टी होटलकाे नाफा घट्याे, प्रतिशेयर आम्दानी कति ?

निशा हुमाँगाई

आइतबार, २६ माघ २०७६, १० : ३७ मा प्रकाशित

सोल्टी होटलकाे नाफा घट्याे, प्रतिशेयर आम्दानी कति ?

अर्थ संसार, काठमाडौं - सोल्टी होटल लिमिटेडले चालु आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीकाे गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा यस वर्ष खुद नाफामा गिरावट देखिएकाे छ । 

दोस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले ११ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे यसै अवधिको तुलनामा ३ करोड ५७ लाख रुपैयाँले थाेरै हाे । 

यसैगरी, दोस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले चुक्ता पूँजी १० प्रतिशतले बढाएर ६६ करोड ६० लाख रुपैयाँबाट ७३ करोड २६ लाख रुपैयाँ पुर्‍याउन सफल भएकाे छ ।

त्यस्तै, कम्पनीकाे प्रतिशेयर आम्दानी एक रुपैयाँ ५८ पैसा रहेकाे छ । कम्पनीकाे प्रतिशेयर नेटवर्थ २३ रुपैयाँ ८० पैसा रहेकाे छ । 

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ : 

5e3f9036800fb.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको