Like us!
Follow us!
Connect us!
Watch us!

सुनकाे मूल्यले गर्याे रेकर्ड ब्रेक

निशा हुमाँगाई

बुधबार, ०७ फागुन २०७६, १२ : १५ मा प्रकाशित

सुनकाे मूल्यले गर्याे रेकर्ड ब्रेक

अर्थ संसार, काठमाडौं – आज (बुधबार) पनि नेपाली बजारमा सुनकाे मूल्यले नयाँ इतिहास बनाएकाे छ । हिजाे (मंगलबार) ताेलामा दुई सयले बढेर प्रतिताेला ७६ हजार ७ सय पुगेकाे सुनकाे मूल्य आज पनि ताेलामा चार सयले बढेर ७७ हजार एक सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

उक्त मूल्य नेपाली बजारमा अहिलेसम्मकै उच्च मूल्य हाे ।

त्यसैगरी, बुधबार चाँदीकाे मूल्य पनि ताेलामा १५ रूपैयाँले बढेर प्रतिताेला  ९ सय ५ रुपैयाँ कायम रहेको महासंघले बताएकाे छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको