Like us!
Follow us!
Connect us!
Watch us!

पत्रकार वीरेन्द्र साहको हत्यामा संलग्न १२ वर्षपछि पक्राउ

आइतबार, २५ फागुन २०७६, १२ : ३० मा प्रकाशित

पत्रकार वीरेन्द्र साहको हत्यामा संलग्न १२ वर्षपछि पक्राउ

अर्थ संसार, काठमाण्डौं - पत्रकार वीरेन्द्र साहको हत्या भएको १२ वर्षपछि हत्याका एक अभियुक्तलाई बारा प्रहरीले शनिबार राति पक्राउ गरेको छ । पक्राउपर्नेमा कुन्दन फौजदार भनिने नरेन्द्र फौजदारलाई बारागढी गाउँपालिका वडा नं ६ गडहलबाट पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीले जानकारी दिनुभयो ।  

विसं २०६४ असोज १८ गते कलैयाबाट पिपरा बजार जाने क्रममा तत्कालीन अवस्थामा भूमिगत रहेको नेकपा माओवादीले अपहरण गरेको थियो । अपहरणपछि निर्मम हत्या गरी शवलाई गाडेको अवस्थामा ३५ दिनपछि टङ्गीया बस्तीको जङ्गलमा शव सडेगलेको अवस्थामा कुकुरको सहयोगमा प्रहरीले बरामद गरेको थियो । हत्यामा संलग्न हरेराम पटेल, लालबहादुर चौधरी, रामएवाल सहनी र मैनेजर गिरी रहेका छन् । 

त्यसैगरी, गिरी भने जेल जीवन भोगी जेलमुक्त भइसकेका छन् भने अन्य तीन जना अहिलेसम्म फरार रहेका छन् । तिनीहरुको पनि खोजी भइरहेको प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो । हत्यामा संलग्न रहेकालाई आजीवन करावासको फैसला सुनाइएको थियो । - रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको