Like us!
Follow us!
Connect us!
Watch us!

युएई सरकारले कोरोना बारे सामाजिक संजालमा जथाभावी लेखे  न्युनतम ३ वर्ष जन्मकैद वा ३ मिलियन दिर्हाम जरिवाना गर्ने

भुबी पनेरू

मंगलबार, २७ फागुन २०७६, १३ : १० मा प्रकाशित

युएई सरकारले कोरोना बारे सामाजिक संजालमा जथाभावी लेखे  न्युनतम ३ वर्ष जन्मकैद वा ३ मिलियन दिर्हाम जरिवाना गर्ने

अर्थ संसार, काठमाडौं - युएई सरकारले कोरोना भाईरसका बारेमा सामाजिक संजालमा अफवाह फैलाउने विरुद्ध कडा कदम चाल्ने भएको छ।

कोरोना संक्रमणका बारेमा सामाजिक संजालमा जथाभावी लेखे कम्तीमा ३ वर्ष जन्मकैद वा ३ मिलियन दिर्हामसम्म जरिवाना हुने युएईको आन्तरिक मामिला मन्त्रालयले जनकारी गराएकाे छ। मन्त्रालयले युएईको अनलाईन कानुनको पालना गर्दै सबैलाई जिम्मेवार भएर काम गर्न आग्रह  गरेको छ।

कानुनको उल्लंघन गर्दै सामाजिक संजालमा भाईरस संक्रमितहरुको तथ्यांक तोडमोड गरेर जथाभावी लेख्दा समाज तथा परिवारमा  डर उत्पन्न हुने मन्त्रालयले बताएकाे छ। साथै त्यस्ता तथ्यांक र जानकारीहरु सम्वन्धित निकाय वा अधिकारीहरुबाट मात्रै जारि गरिने जनाइएकाे छ।

मन्त्रालयले युएईमा रहने सबै नागरिकलाई स्वास्थ तथा रोकथाम मन्त्रालयले जारी गरेको स्वास्थ निर्देशन तथा सावधानिहरुको पालन गर्न आग्रह पनि गरेको छ।

तिब्र रुपमा संसारभर फैलिईरहेको कोरोना भाईरसबाट अहिलेसम्म युएईमा ५९ जना संक्रमित भईसकेका छन भने जसमध्ये १२ जना उपचार पश्चात् निको भईसकेको जनकारी गरीएकाे छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको