Like us!
Follow us!
Connect us!
Watch us!

बेनेलीले १० दिने एक्सचेन्ज क्याम्प आयोजना गर्दै, ग्राहकलाई यस्ता फाइदा

निशा हुमाँगाई

मंगलबार, २७ फागुन २०७६, १३ : ५१ मा प्रकाशित

बेनेलीले १० दिने एक्सचेन्ज क्याम्प आयोजना गर्दै, ग्राहकलाई यस्ता फाइदा

अर्थ संसार,काठमाडाैं - नेपाल केटीएम ईन्टरनेशनल ट्रेडिङ,बेनेली बाइकका लागि अधिकृत डिलरले फाल्गुन २८ बाट चैत्र ७ सम्म हुने  १० दिने एक्सचेन्ज क्याम्प आयोजना गर्दैछ ।

यसैगरी, यस एक्सचेन्ज क्याम्प नक्साल  र कुपन्डोलको बेनेलीका अधिकृत शोरूमहरुमा आयोजना हुन गइरहेको छ । उक्त शिविरमा, ग्राहकहरुले आफ्ना कुनै पनि ब्रान्डका दुई पाङ्रे साधन बेनेली बाईकसँग उत्तम मुल्याङ्कनमा साट्न सक्नेछन् । 

त्यस्तै, बेनेलीले यी १० दिनमा कुनै पनि मोडलको खरीद गर्दा आकर्षक छुट पनि दिनेछ । ग्राहकहरूले लक्की ड्र मार्फत बाइकको सामानहरू, जस्तै ग्लोब्स, हेलमेट र ज्याकेट जित्ने मौका समेत प्राप्त गर्न सक्दछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

धेरै पढिएको