Like us!
Follow us!
Connect us!
Watch us!

चैत्रमा १२ वटा कम्पनीले डाके साधारण सभा, कुनले कति लाभांश दिँदै ?

निशा हुमाँगाई

शुक्रबार, ३० फागुन २०७६, १३ : ३१ मा प्रकाशित

चैत्रमा १२ वटा कम्पनीले डाके साधारण सभा, कुनले कति लाभांश दिँदै ?

अर्थ संसार, काठमाडौं – विभिन्न बाह्रवटा कम्पनीले आफ्नाे वार्षिक र विशेष साधारण सभा आह्वान गरेका छन् । उक्त कम्पनीहरूले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीहरूलाई वितरण गरिने लाभांश तथा अन्य विशेष एजेन्डा सहित साधारण सभा डाकेका हुन् । 

कम्पनीकाे नाम तथा साधारण सभाकाे विवरण तल उल्लेख गरिएकाे छ :

१. किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड

किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडकाे विशेष साधारण सभा चैत्र ६ गते बिहीबार होटल शान्ति लम्कीचुहा-१ लम्की, कैलालीमा (बिहान ११ बजे सुरू) हुँदैछ । उक्त सभाकाे विशेष एजेन्डा दिव्य लघुवित्त वित्तीय संस्था लिमिटेडलाई गाभ्ने र शेयर आदान प्रदान अनुपात निर्धारण गर्ने रहेकाे छ । 

२. अपि पावर कम्पनी लिमिटेड

अपि पावर कम्पनी लिमिटेडकाे १६औँ वार्षिक साधारण सभा चैत्र ७ गते कार्की ब्यांक्वेट, बबरमहल, बबरमहल, काठमाडाैंमा हुँदैछ । उक्त सभामा गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट ५ प्रतिशत बोनस शेयर (कर बाहेक) वितरण गर्ने र  ४७ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरीँदैछ । 

३. मितेरी डेभलपमेन्ट बैंक लिमिटेड

मितेरी डेभलपमेन्ट बैंक लिमिटेडकाे १४औँ वार्षिक साधारण सभा चैत्र ८ गते शनिबार गोर्खा किचन, धरानमा (बिहान ९ बजेदेखि सुरू) हुँदैछ । सभामा सञ्चालक समितिबाट प्रस्ताव भए बमाेजिम गत आर्थिक वर्षको नाफाबाट १८.५२५ प्रतिशत बोनस शेयर र कर प्रयाेजनका लागी  ०.९७ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

४. सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडकाे पाँचाैं विशेष साधारण सभा चैत्र १० गते साेमबारका दिन अमृतभाेग, कालिकास्थान, डिल्लीबजार,काठमाडाैंमा हुँदैछ ।सहयोगी विकास बैंकलाई १ः०.९१ कित्ता शेयर दिने गरी प्राप्ति (एक्वायर) गर्ने सभाकाे विशेष प्रस्ताव रहेकाे छ ।

५. सहयोगी विकास बैंक लिमिटेड

सहयोगी विकास बैंक लिमिटेडकाे १६औँ वार्षिक साधारण सभा चैत्र १० गते साेमबार होटल मानकि इन्टरनेशनल, जनकपुर, धनुषामा (दिउँसाे १ बजेदेखि सुरू) हुँदैछ । सभामा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडमा विलय गर्ने सम्बन्धमा देहायका प्रस्तावहरू पारित गरिने विशेष एजेन्डा रहेकाे छ । बैंककाे १०० कित्ता शेयर बराबर सिटिजन्सको ९१.७५ कित्ता शेयर स्वाप रेसियो हुने प्रस्ताव पारित गरिनेछ । बैंककाे गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट १८.७२१५ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्ताव पनि रहेकाे छ ।  

६. सेञ्चुरी कमर्सियल बैंक लिमिटेड

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडकाे नवाैं वार्षिक साधारण सभा चैत्र १४ गते शुक्रबार, आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडाैंमा (बिहान ११ बजेदेखि सुरू) हुँदैछ । बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरूलाई २ प्रतिशत बोनस र कर प्रयोजन समेत गरी ४.७५ प्रतिशत नगद लाभांश दिने विशेष प्रस्ताव सभामा पेश गर्दैछ ।

७. वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड

वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे ८औँ वार्षिक साधारण सभा चैत्र १६ गते आइतबार धुलिखेलस्थित जुगल होटलको सभाहलमा (बिहान ११ बजे सुरु) हुँदैछ । उक्त सभामा गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरूलाई २५ प्रतिशत बोनस र १.३१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गरिँदैछ ।

८. मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडकाे विशेष साधारण सभा चैत्र १७ गते साेमबार केन्द्रीय कार्यालय बनेपा, काभ्रेपलाञ्चाेकमा हुँदैछ । स्वेडा लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गर्ने सभाकाे मुख्य एजेन्डा रहेकाे छ । 

९. स्वेडा लघुवित्त वित्तीय संस्था लिमिटेड

स्वेडा लघुवित्त वित्तीय संस्था लिमिटेडकाे दाश्राे वार्षिक साधारण सभा चैत्र १७ गते साेमबार केन्द्रीय कार्यालय, धार्के, धादिङ्गमा हुँदैछ । एक्विजिशन सभा विशेष एजेन्डा रहेकाे छ । 

१०. एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडकाे १४औँ वार्षिक साधारण सभा चैत्र २० गते हाेटल हाेलिड हाेम विर्तामाेड, झापामा हुँदैछ । बैंकले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई  १७.१० प्रतिशत बाेनस शेयर र कर प्रयाेजन ०.९० प्रतिशत गरी कूल १८ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव सभामा पेश गर्दैछ ।

११. नेपाल इन्स्याेरेन्स कम्पनी लिमिटेड

नेपाल इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे ७१औँ वार्षिक साधारण सभा चैत्र २१ गते शुक्रबार एयरर्पाेट हाेटल, सिनामङ्गल, काठमाडाैंमा (बिहान ११ बजेदेखि सुरू) हुँदैछ । उक्त सभामा कम्पनीले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशत बाेनस शेयर र २.८९ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

१२. महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेड

महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडकाे साताैं वार्षिक साधारण सभा चैत्र २२ गते शनिबारका दिन ओम अध्याय रिट्रिट रिसाेर्ट, बज्रबाराही, थाहा नगरपालिका ६ मकवानपुरमा हुँदैछ । संस्थाले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरूलाई १० प्रतिशत बाेनस शेयर तथा ७.५ प्रतिशत नगद लाभांश (कर प्रयाेजन समेत) वितरण गर्ने विशेष प्रस्ताव उक्त सभामा पेश गर्दैछ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको