Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन जनरल इन्स्योरेन्सले डाक्याे सभा कहाँ, कहिले र शेयरधनीलाई कति लाभांश ?

निशा हुमाँगाई

सोमबार, १० चैत्र २०७६, १२ : ३४ मा प्रकाशित

हिमालयन जनरल इन्स्योरेन्सले डाक्याे सभा कहाँ, कहिले र शेयरधनीलाई कति लाभांश ?

अर्थ संसार, काठमाडौं – हिमालयन जनरल इन्स्योरेन्सले वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।  

बैंककाे चैत्र ९ गते आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे २६औं वार्षिक साधारण सभा वैशाख २९ गते साेमबार कार्की बैङ्क्वेट, बबरमहल, काठमाडाैंमा बिहान ११ बजेबाट सुरू हुनेछ । 

सभामा कम्पनीकाे सञ्चालक समितिकाे बैठकले निर्णय गरेबमाेजिम ४ प्रतिशत बोनस शेयर र ३.७५ प्रतिशत कर प्रयोजन गरी कूल ७.७५ प्रतिशत नगद लाभांश दिने विशेष प्रस्ताव पारित गरिनेछ । 

त्यसैगरी, साधारण सभा तथा लाभांश वितरण प्रयाेजनार्थका लागि कम्पनीले वैशाख १२ गतेदेखि वैशाख २९ गतेसम्म शेयर दाखिला खारेज बन्द गर्ने भएकाे छ । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5e785c686ba38.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको