Like us!
Follow us!
Connect us!
Watch us!

एक हप्तासम्म सुनचाँदीकाे भाउ नताेकिने

निशा हुमाँगाई

मंगलबार, ११ चैत्र २०७६, १२ : २५ मा प्रकाशित

एक हप्तासम्म सुनचाँदीकाे भाउ नताेकिने

अर्थ संसार, काठमाडौं - उच्चस्तरीय समितिको हिजाे (साेमबार) बसेकाे बठैकले आजबाट देशलाई पूर्ण रुपमा लकडाउन गर्ने निर्णय गरेसँगै त्यसकाे प्रभाव सुनचाँदीमा समेत परेकाे छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएकाे जानकारी अनुसार आजबाट अबकाे एक सातासम्म सुन चाँदीकाे मूल्य ताेक्ने काम स्थगन गरिएकाे छ । लक डाउनकाे घाेषणा भएसँगै सरकारकाे निर्णय पालना गर्दै सम्पूर्ण सुनकाे व्यवसायहरू पनि बन्द गरिएकाे छ ।

त्यस्तै, साेमबार सुन प्रतिताेला ७७ हजार रूपैयाँ र चाँदी प्रतिताेला ७ सय २० रूपैयाँमा काराेबार भएकाे थियाे । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको