Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना भाईरससँग जुध्न सरकारसँगै सिएनआई

निशा हुमाँगाई

बुधबार, १९ चैत्र २०७६, १६ : ०५ मा प्रकाशित

कोरोना भाईरससँग जुध्न सरकारसँगै सिएनआई

अर्थ संसार, काठमाडौं - विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसले संसारका प्रायः सवै देशहरुलाई आक्रान्त बनाई रहेको छ । यस्तो विशम परिस्थितिमा नेपाल जस्तो सानो अर्थतन्त्रमा आर्थिक रुपले निकै ठूलो असर परिरहेको छ ।

नेपालको सामाजिक सहिष्णुता, सरकारका उचित कदम तथा स्वास्थ्य कर्मिहरुको अथक प्रयासले हाल सम्म मानविय संकट आई सकेको छैन । यसका लागि नेपाल सरकार तथा यो रोगसँग जुध्न अग्रपंतिमा रहने चिकित्सक लगायत सम्पूर्ण स्वास्थ्य कर्मिहरुलाई नेपालको निजी क्षेत्र तथा नेपाल उद्योग परिसंघले प्रशंसा व्यक्त गर्दै हार्दिक धन्यवाद समेत दिएकाे छ ।

यस्तो नाजुक अवस्थामा परिसंघ मानविय संकट आउन नदिन प्रतिवद्ध रहेको छ । दैनिक मजदुरी गरेर खाने, अनौपचारिक क्षेत्रमा काम गर्ने तथा अन्य विविध कारणले समेत खाद्य सामाग्री अभाव हुन नदिन परिसंघले केन्द्र तथा प्रदेश सरकार तथा स्थानीय निकायसँग समन्वय गरि खाद्य सामाग्रीहरु वितरण गर्ने कार्य जारी राखेको छ । यो संकटको घडीमा नेपाल सरकारलाई हरसम्भव सहयोग गर्न परिसंघ प्रतिवद्ध रहेको छ ।

विश्वमै कोरोना भाईरसका कारण आर्थिक तथा मानवीय क्षती भई रहेको अवस्थामा नेपालमा यसको असर कम गर्दै मानवीय संकट आउन नदिन संघीय, प्रादेसिक तथा स्थानीय सरकारसँग थप समन्वय तथा प्रभावकारीताको अपेक्षा गर्दै सरकारले जारी गरेका सम्पूर्ण निर्देशनहरु पालना गर्न नेपाल उद्योग परिसंघले सबैलाई आग्रह गरेकाे छ ।

त्यसैगरी, यस्तो विसम परिस्थितिमा आफ्ना सदस्य प्रतिष्ठानहरुलाई दैनिक उपभोग्य वस्तु तथा अत्यावश्यकीय सामानहरुको उत्पादनलाई निरन्ता दिँदै सोको आपुर्ति व्यवस्थालाई दुरुस्त राख्न समेत परिसंघले आग्रह गरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको