Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल लाइफ इन्स्योरेन्सद्वारा एक करोड सहयोग

निशा हुमाँगाई

सोमबार, २४ चैत्र २०७६, १८ : ०९ मा प्रकाशित

नेपाल लाइफ इन्स्योरेन्सद्वारा एक करोड सहयोग

अर्थ संसार, काठमाडौं - नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले स्थापना गरेको ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा रु एक करोड सहयोग गरेको छ ।

नेपाल लाइफका सञ्चालक समिति अध्यक्ष गोविन्दलाल सङ्घईले आज रु एक करोडको चेक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद विडारीलाई हस्तान्तरण गरेका हुन् । 

त्यस्तै, उक्त अवसरमा नेपाल लाइफका सञ्चालक समिति अध्यक्ष सङ्घईले आफूहरु सरकार र आमनागरिकसँग एक भई यस महामारीविरुद्ध लड्न र सङ्क्रमण फैलिन नदिन प्रतिवद्ध रहेको बताएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको