Like us!
Follow us!
Connect us!
Watch us!
अधिकाशं आयोजना नीजि क्षेत्रका

आगामी तीन वर्षमा एक हजार २०० मेगावाट विद्युत् थप हुँदै

आइतबार, ०६ चैत्र २०७३, १४ : ४१ मा प्रकाशित

आगामी तीन वर्षमा एक हजार २०० मेगावाट विद्युत् थप हुँदै

अर्थ संसार 

काठमाडौं -पछिल्लो दिनमा सरकारले निर्माण गरिरहेका आयोजनाको गति धिमा भएको र काम गर्न नसकिरहेको अवस्थामा नीजि क्षेत्रले अगाडि बढाएका आयोजनाले भने एकाध वर्षमा नै उल्लेख्य सफलता हासिल गरेको छ ।

नीति क्षेत्रले निर्माण गरिरहेका आयोजना मात्रै सम्पन्न हुँदा आगामी ३ वर्षमा नेपालमा थप १ हजार २ सय मेगावाट बिजुली उत्पादन हुने देखिएको छ । त्यसमा सरकारले लगानी गरेको केही आयोजना समेत सम्पन्न हुने देखिएको छ ।

आगामी ३ वर्षमा सरकार र निजी लगानीका आयोजना सम्पन्न भई प्रणालीमा यो परिमाणमा बिजुली थप हुने भएको हो । जसमध्ये विद्युत प्राधिकरणको एकाध आयोजना मात्रै सम्पन्न हुने छ भने उसको सहायक कम्पनीबाट विद्युत् उत्पादन हुने मात्रा भने बढी देखिएको छ । सहायक कम्पनीबाट ८ सय मेगावाट  र बाँकी ४ सय मेगावाट निजी क्षेत्रबाट बिद्युत् उत्पादन हुने छ ।

हाल पनि नीजि क्षेत्रले निर्माण गरिरहेका र उत्पादन गरिरहेका आयोजनाको क्षमता हेर्ने हो भने सरकारी र नीति क्षेत्र लगभग हाराहारी हैसियतामा पुगेको छ ।

नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा हाल जडित क्षमता ९ सय मेगावाट पुगेको छ । तीन वर्षमा आउने सबै आयोजना नदीको वहावमा आधारित (रन अफ दी रिभर) ढाँचाका छन् ।

तीन वर्षमा कुन कुन आयोजना सम्पन्न हुन्छन् ?

आगामी तीन वषएमा विद्युत् प्राधिकरण अन्तर्गतको अपर तामाकोसी हाइड्रोपावर लिमिटेडको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी, चिलिमे हाइड्रोपावर लिमिटेड अन्तर्गतको १११ मेगावाटको रसुवागढी, १५ मेगावाटको सान्जेन, ४२ मेगावाटको तल्लो सान्जेन, १०२ मेगावाटको मध्यभोटेकोसी आयोजना सम्पन्न हुँदैछन् ।

यस्तै विद्युत प्राधिकरणले आफनो लगानीमा निर्माण गरिरहेको ३० मेगावाटको चमेलिया र १४ मेगावाटको कुलेखानी तेस्रो आयोजना आउँदो ६ महिनामा सम्पन्न हुनेछन् ।

यस्तै निजी क्षेत्रबाट २५ मेगावाटको कावेली बी, ४२ मेगावाटको मिस्त्रीखोला, २० मेगावाटको माथिल्लो मोदी, ८२ मेगावाटको तल्लोसोलु, २३.५ मेगावाटको माथिल्लो सोलु, सिंगटी, खारे खानीखोलालगायत झण्डै २ दर्जन आयोजना सम्पन्न हुँदैछन् ।

चालु आवको अन्त्यसम्म ुकल १५ आयोजना सम्पन्न भई थप १४२ मेगावाट बिजुली उत्पादन हुँदैछ । आगामी वर्ष निर्माणाधिन माथिल्लो तामाकोसी जलविद्युत  आयोजनाबाहेक प्रणालीमा २४५ मेगावाट बिजुली थप हुनेछ । ती आयोजनामा अधिकाशं नीजि क्षेत्रका छन् ।

पछिल्लो समयमा धेरै आयोजना निर्माण भइरहेकाले आउँदो ३ वर्षमा विद्युत उत्पादन बढेर २ हजार १ सय मेगावाट  नाघ्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

हाल ९ सय मेगावाट जडित क्षमता भए पनि नीजि क्षेत्रको महत्वपूर्ण ४५ मेगावाट माथिल्लो भोटेकोसी पुनः निर्माण अवस्थामा रहेकाले साढे ८ सय मेगावाट मात्र बिजुली उत्पादन हुन सकेको छ ।

 प्राधिकरणले ३ हजार मेगावाट आयोजनासँग विद्युत् खरिदबिक्री सम्झौता (पीपीए)  गरिसकेको र थप ५ हजार मेगावाट बराबरका आयोजना पीपीएको प्रतिक्षामा रहेक छन् ।

आउँदो वर्ष २०१ मेगावाट निजी क्षेत्रबाट र ४४ मेगावाट नेपाल विद्युत प्राधिकरणका २ आयोजनाबाट  विद्युत् उत्पादन हुनेछ ।

कुल २ हजार ४ मेगावाट क्षमताका १०१ आयोजनाले लगानी जुटाई निर्माण अगाडि बढाइरहेका छन् । ती मध्ये धेरै आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । त्यसमध्ये अधिकाशं नीजि क्षेत्रका आयोजना छन् ।

यस्तै ६४८ मेगावाट क्षमताका ३८ आयोजनाले लगानी जुटाउन बाँकी रहे पनि निर्माणको काम भइरहेको छ । योबीचमा सरकारले ३ हजार ५१४ मेगावाट क्षमताका १२७ आयोजनाबाट बिजुली उत्पादन गर्न विद्युत अनुमतिपत्र जारी गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको