Like us!
Follow us!
Connect us!
Watch us!

पीसीआर रिपोर्टमाथी प्रश्न उठ्न थालेपछि जनकपुरकाे प्रयोगशाला बन्द

सराेज खनाल

बुधबार, १७ बैशाख २०७७, ०९ : ५० मा प्रकाशित

पीसीआर रिपोर्टमाथी प्रश्न उठ्न थालेपछि जनकपुरकाे  प्रयोगशाला बन्द

अर्थसंसार, काठमाडाैं- जनकपुर प्रादेशिक अस्पतालकाे पीसीआर प्रयोगशाला बन्द भएको छ।पीसीआर रिर्पाेट गलत आउन थालेकाे भन्दै अस्पतालमा स्थापना गरिएको कोरोना परीक्षण गर्ने पीसीआर प्रयोगशाला बन्द भएको हाे।

प्रयोगशालाका अधिकृत युगलकिशोर यादवका अनुसार प्रादेशिक प्रयोगशालाको पीसीआर रिपोर्टको विश्वसनीयतामाथि प्रश्न उठेपछि एक सातादेखि स्वाब परीक्षण सेवा बन्द भएको छ।

प्रदेश २ मै पहिलोपटक कोरोना परिक्षण गर्न चैत २१ गते जनकपुरधाम प्रादेशिक अस्पतालमा पीसीआर मेसिन जडान गरिएको थियो। यस प्रयोगशालामा हालसम्म १०१ जनाको स्वाब परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको थियो।

उक्त प्रयोगशालामा परीक्षण गरिएकामध्ये सर्लाहीका १ जना र रौतहटका २ जना गरी ३ जनाको स्वाब पुनः काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वस्थ्य प्रयोगशालामा परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएपछि जनकपुरको पीसीआर प्रयोगशालाको विश्वसनीयतामाथि प्रश्न उठेको हो।

पीसीआर प्रयोगशाला बन्द भएपछि कोरोना परीक्षणका लागि स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाउने गरिएको छ।

जनकपुरको पीसीआर मेसिन फिर्ता गरी प्रदेश सरकारले अर्को नयाँ मेसिन ल्याउने तयारी गरेको समाजिक विकास मन्त्रायले जनाएकाे छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको