Like us!
Follow us!
Connect us!
Watch us!

आइतबारबाट शेयर बजार खुल्ने

निशा हुमाँगाई

विहीबार, २५ बैशाख २०७७, ११ : २० मा प्रकाशित

आइतबारबाट शेयर बजार खुल्ने

अर्थ संसार, काठमाडौं – बालुवाटारमा हिजाे बसेको मन्त्रिपरिषद्को बैठकले बैंक तथा वित्तीय संस्थाहरु बिमा, धितोपत्र, सरकारी संस्थामार्फत अतिआवश्यक पर्ने कर्मचारीमध्ये एकतिहाई कर्मचारीबाट आलोपालो गरी सेवा सञ्चालन गर्ने निर्णय गरेकाे छ । 

सरकारले अत्यावश्यक पर्ने सेवा प्रदान गर्ने सरकारी तथा सार्वजनिक संस्थानले आवश्यक न्यूनतम कर्मचारीबाट आलोपालो प्रणालीबाट सुरक्षित रुपमा सेवा सुचारु गर्ने निर्णय गरेको हाे ।

सरकारकाे उक्त निर्णय पश्चात आइतबारबाट शेयर बजार सूचारु हुने नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले जानकारी दिएका छन् । 

त्यस्तै, कति समय खोल्ने भन्ने विषयमा भने नियामक निकाय नेपाल धितोपत्र बोर्ड सँगको सल्लाहमा तय गरिने साउदले बताएका छन् । ‘आइतबारदेखि सेयर कारोबार खुल्छ । सीमित कर्मचारी मात्रै राखेर कारोबार खुला गर्नुपर्ने भएकाले दैनिक कति समय खुला गर्ने भनेर चाहिँ निर्णय गर्न बाँकी छ ’ साउदले भने ।

यसअघि नै नेपाल स्टक एक्स्चेन्ज नेप्सेले ब्रोकर कम्पनी, सिडिएससि र सरोकारवालाहरू सँग छलफल गरेर बजार खोल्न सकिने भन्दै धितोपत्र बोर्डलाई पत्र लेखेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको