Like us!
Follow us!
Connect us!
Watch us!
पर्यटन व्यवसायीको १० प्रस्ताव !

नेपाल राष्ट्रिय पर्यटन व्यवसायीको १० प्रस्ताव !

शुक्रबार, ०७ असोज २०७३, १० : ४७ मा प्रकाशित

नेपाल राष्ट्रिय पर्यटन व्यवसायीको १० प्रस्ताव !

अर्थ संसार, काठमाडौं । पर्यटन विकासमा नेकपा एमाले निकट नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनले आफ्नो १० प्रस्ताव सहित सरकारलाई ध्यानाकर्षण गराएको छ ।

नेपालको आर्थिक समृद्धिको आकांक्षालाई अगाडि बढाउने महत्वपूर्ण माध्यम पर्यटन क्षेत्रमा अत्यावश्यक भौतिक संरचनाहरुको निर्माण, पुरातात्विक धरोहरहरुको पुनः निर्माण, संरक्षण र संभाव्य गन्तव्य स्थलहरुको पहिचान, विकास र प्रबद्र्धन जस्ता विषयहरुलाई जोडदाररुपमा उठान गर्दै सरकारको ध्यानाकर्षण गराएको छ । संगठनको दोस्रो बैठकले दश बुँदामार्फत आर्थिक समृद्धि हासिल गर्न सकिने प्रस्ताव पारित गर्दै सरकारको ध्यानाकर्षण गराएको हो ।

यस्ता छन् १० प्रस्ताव

१. नेपालमा पर्यटन विषयको उच्चशिक्षा अध्ययन सर्वसुलभ हुने गरी पर्यटन विश्वविद्यालयको स्थापना गर्न नेपाल सरकारको ध्यानाकर्षण गर्दै अविलम्व प्रक्रिया अघि बढाउन माग गर्दछौँ ।
२. पर्यटन विकास र प्रवद्र्धनका लागि आवश्यक पूर्वाधार निर्माणमा केन्द्रित गरेर बजेट विनियोजन गर्न सरकारको गंभीर ध्यानाकर्षण गर्दै तदनुकूलको परिपाटी स्थापित गर्नुपर्छ ।
३. मुलुकको नयाँ संविधानले गरेको व्यवस्थाअनुसार प्रादेशिक तहको प्रतिनिधित्व सुनिश्चित गर्दै नेपाल पर्यटन बोर्डको पुनःसंरचना गरिनुपर्छ । साथै, सबै प्रदेशमा पर्यटन कार्यालयहरु स्थापना गरिनुपर्छ ।
४. नेपाल भ्रमण बर्ष २०१८ को तयारी अविलम्ब थालनी गर्न संयोजन समिति गठन गरेर व्यवस्थित तथा योजनाबद्ध तबरले कार्य अघि बढाउनुपर्दछ ।
५. घुमफिर बर्ष २०७३ लाई प्रभावकारी ढंगले संचालन गर्न प्रत्येक प्रदेशबाट १ प्रमुख र २ सहायक गरी २१ तथा ४ विशेष गन्तव्य छनौट गरी यथाशीघ्र कार्यान्वयन अगाडि बढाउन पर्यटन सचिवको संयोजकत्वमा गठित समन्वय समितिको बैठक बसी ठोस योजना, बजेट व्यवस्थापन र प्रभावकारी अभियान प्रारम्भ गर्नुपर्छ ।
६. पदयात्रा क्षेत्रलाई व्यवस्थित गर्न विदेशी पदयात्रीहरुलाई एजेन्सीका प्याकेज खरिद गरेर मात्रै ट्रेकिङ्ग जानुपर्ने स्पष्ट व्यवस्था गरिनुपर्छ । यस निम्ति “नो ट्रेकिङ्ग विदाउट एजेन्सिज”को वैधानिक प्रबन्ध गरिनुपर्छ । गाउँ पर्यटन निर्देशिकाको निर्माण र होम स्टे निर्देशिकामा समयानुकूल संशोधनलगायत पर्यटनसँग सम्बन्धित अन्य कानुन, नियम, नीति र निर्देशिकाहरुलाई समयानुकूल बनाउनुपर्छ ।
७. मुलुकको पर्यटनको आधारशीला निर्माण गर्न काठमाडौ निजगढ – द्रुतमार्गको निर्माण कार्य नेपाल सरकार आफैंले गरेको निर्णय र सार्वजनिक प्रतिवद्धताअनुरुप अघि बढाइनुपर्छ । सँगसँगै निजगढमा दोस्रो अन्तर्राट्रिय विमानस्थल निर्माणको कार्य शिघ्र अघि बढाइनुपर्छ ।
८. एक प्रदेश स् एक अन्तर्राष्ट्रिय विमानस्थल, एक प्रदेश स् तीन नमुना गन्तव्य प्रबद्र्धन, एक जिल्ला स् एक नमूना होम स्टे, एक गाउँ र नगरपालिका स् एक हेलिप्याड र एक प्रदेश स् एक आकर्षक भ्यू प्वाईन्ट निर्माण गरी राष्ट्रिय तथा अन्तरराष्ट्रिय पर्यटकहरुका लागि आकर्षण र सुविधा विकास र विस्तार गर्नुपर्छ ।
९. विश्व संपदा सूचीमा रहेका कैयौं सम्पदाहरु भूकम्पले क्षतिग्रस्त रहेकोमा तिनको निर्माण कार्यलाई अविलम्ब अघि बढाउन ध्यान दिनुपर्छ । मेरो धरहरा म आफै बनाउछु अभियानअन्तर्गत प्रस्तावित र सार्वजनिक डिजाइनअनुरुप धरहरा निर्माण कार्यलाई शीघ्र अघि बढाएर विशेष पर्यकटीय नयाँ गन्तव्यका रुपमा विकास गर्नुपर्दछ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राष्ट्रिय पर्यटन परिषदको गठन गरी त्यसको बैठक आयोजनामार्फत धरहरा निर्माण अभियानको थालनी गर्दै आफ्नो एक महिनाको तलबसमेत प्रदान गरेर निर्माणस्थल सुन्धारामै विशेष कार्यक्रम आयोजनामार्फत यस अभियानको घोषणा गर्नुभएकोमा विशेष धन्यवाद ज्ञापन गर्दछौं । साथै, निवर्तमान मन्त्रिपरिषदका सबै सदस्यहरुले आफ्नो सार्वजनिक प्रतिबद्धताबमोजिम एक महिना बराबरको रकम अविलम्ब धरहरा निर्माण कोषमा जम्मा गरेर आफ्नो अधूरो वचन पूरा गर्नसमेत ध्यानाकर्षण गराउन चाहन्छौं ।
१०. बिनाशकारी भूकम्प र अमानविय नाकाबन्दीपछि नकारात्मक प्रचार–प्रसारले पर्यटन क्षेत्रमा पु–याएको गंभीर क्षतिलाई चिर्न सम्पूर्ण कूटनीतिक नियोग, विभिन्न देशहरुमा नियुक्त पर्यटन दुतहरु, एनआरएन र ओएनएफ लगायतको योजनाबद्ध र संयुक्त प्रयाश परिचालन गर्नुपर्छ । संगठनका सचिव कृष्णहरि खत्रीद्धारा जारी विज्ञप्तीमा पर्यटन क्षेत्रमा क्रियाशील संघ सस्थाहरु टान, हान, नाटा, एनएमए, भिटोफ, एनटीभीएलगायतका मागहरु प्राथमिकताका साथ सम्बोधन गर्न पनि माग गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको