Like us!
Follow us!
Connect us!
Watch us!

आज मन्त्रिपरिषद् बैठक बस्दै, कति दिन थपिएला लकडाउन ?

निशा हुमाँगाई

आइतबार, ०४ जेठ २०७७, १० : ४२ मा प्रकाशित

अर्थ संसार, काठमाडौं - आज (आइतबार) प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजेबाट मन्त्रिपरिषदको बैठक बस्दैछ । बैठकमा लकडाउनको समय अवधि थप गर्ने र कडाई गर्ने विषयमा छलफल गरिनेछ ।

सरकारले लकडाउन थप्ने तयारी गरिरहेकाे छ । साेही कुराकाे निर्णय गर्न आज बैठक आह्वान गरिएकाे हाे । उपत्यका तथा आसपासका जिल्लामा समेत संक्रमित देखिएपछि लकडाउनलाई थप कडाईका साथ अवधि बढाउने तयारी गरिएकाे छ ।

साँझ बस्ने मन्त्रिपरिषद बैठकले १० देखि १५ दिनसम्म लकडाउन अवधि बढाउने भएकाे छ । हाल जारी लकडाउनकाे अवधि भोली सोमबारदेखि सकिँदैछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको