Like us!
Follow us!
Connect us!
Watch us!

सूर्या लाइफको नाफा बढ्दा के भयाे अरू सूचक ?

निशा हुमाँगाई

आइतबार, ०४ जेठ २०७७, १२ : ०४ मा प्रकाशित

सूर्या लाइफको नाफा बढ्दा के भयाे अरू सूचक ?

अर्थ संसार काठमाडाैं - सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७६/७७ को तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार कम्पनीले तेश्रो त्रैमाससम्म आइपुग्दा १८ करोड ६७ लाख ९ हजार रूपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे तुलनामा ३६.१४ प्रतिशत अर्थात ४ करोड ९६ लाख रुपैयाँले धेरै हाे । गत वर्षको यहि अवधीमा कम्पनीले  १३ करोड ७१ लाख ४२ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे थियाे ।

यसैगरी, तेश्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले १ अर्ब ७७ करोड २ लाख ७५ हजार रुपैयाँ खुद बिमा शुल्क आम्दानी गरेकाे छ । उक्त रकम गत आर्थिक वर्षकाे तुलनामा १८.२४ प्रतिशत अर्थात २७ करोड ३१ लाख रुपैयाँले धेरै हाे । गत वर्ष कम्पनीले १ अर्ब २८ करोड ६६ लाख ९८ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेकाे थियाे ।

कम्पनीकाे जीवन बिमा कोषको आकार पनि ४२.८७ प्रतिशतले बढेर ६ अर्ब ६४ करोड ३ लाख ८४ हजार रुपैयाँ पुगेको छ ।  गत वर्षको यहि अवधीमा  कम्पनीको जीवन बिमा कोषमा ४ अर्ब ६४ करोड ७६ लाख ७३ हजार रुपैयाँ रहेको थियो । 

त्यस्तै, कम्पनीकाे चुक्ता पूँजी २ अर्ब १५ करोड ५१ लाख रुपैयाँ र जगेडा कोषमा ६० करोड २ लाख ५६ हजार रुपैयाँ रहेकाे छ । त्यसैगरी, कम्पनीकाे प्रतिशेयर आम्दानी वार्षिक ११ रुपैयाँ ५५ पैसा र प्रतिशेयर नेटवर्थ १२४ रुपैयाँ ५४ पैसा रहेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको