Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्भेष्टमेन्ट बैंककाे बाेनस आइपुग्यो डिम्याट खातामा, शेयरधनीलाई यस्ताे आग्रह

निशा हुमाँगाई

आइतबार, १४ असार २०७७, १३ : ३२ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट बैंककाे बाेनस आइपुग्यो डिम्याट खातामा, शेयरधनीलाई यस्ताे आग्रह

अर्थ संसार, काठमाडौं – नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूको हितग्राही खातामा बोनस शेयर जम्मा गर्न थालेको छ ।

बैंककाे पुस २८ गते सम्पन्न भएकाे ३३औँ वार्षिक साधारण सभाले पारित गरेकाे १०.५ प्रतिशत बोनस शेयर पुस १३ गतेसम्म शेयर अभौतिकिकरण गराएका शेयरधनीहरुकाे बाेनस शेयर सम्बन्धित हितग्राही खातामा जम्मा गरिएकाे बैंकले जनाएकाे छ ।

बैंकको बोनस शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भइसकेको छ । आफ्नो हितग्राही खातामा आएपछि लगानीकर्ताले उक्त शेयर दोस्रो बजारमा कारोबार गर्न सक्नेछन् । यस्तै, बैंकले आफ्ना शेयरधनीहरुलाई नगद लाभांश भने यसअघि नै पठाइसकेको छ । 

त्यसैगरी, हालसम्म पनि शेयर अभौतिकिकरण नगराएका शेयरधनीहरुलाई शिघ्र शेयर अभौतिकिकरण गराई आफ्नाे बाेनस शेयर पनि हितग्राही खातामा नै प्राप्त गर्न सकिने बैंकले जनाएकाे छ ।

बैंककाे शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको