Like us!
Follow us!
Connect us!
Watch us!

स्थानीय तह सञ्चालन ऐन ल्याउँदै

आइतबार, ०३ बैशाख २०७४, १५ : ०० मा प्रकाशित

स्थानीय तह सञ्चालन ऐन ल्याउँदै

अर्थ संसार 

काठमाडौँ–सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले नयाँ सङ्घीय संरचनानुसार ‘स्थानीय तह सञ्चालन ऐन’ ल्याउने तयारी गरेको छ । 

देश सङ्घीयतामा गइसकेकाले पुरानो स्थानीय स्वायत्त ऐन, २०५५ खारेज गरेर नयाँ ऐन ल्याउन थालिएको मन्त्रालयका उपसचिव भरतकुमार शर्माले जानकारी गराउनुभयो ।

नगरपालिका र गाउँपालिकालाई अधिकारसम्पन्न बनाउँदै अहिले ऐनको मस्यौदा तयार भइरहेको बताइएको छ । 

‘‘वैशाख महिनाभरिमा ऐनको प्रारम्भिक मस्यौदा बनाइसक्ने छौँ”, उहाँले भन्नुभयो, “स्थानीय तहको निर्वाचनलगत्तै ऐन ल्याउने तयारीमा छौँ ।”

सात सय ४४ स्थानीय तहलाई संविधानले दिएको अधिकारानुसार ऐन ल्याउन थालिएको हो । पुरानो ऐन खारेज र नयाँ ऐन नआएको बेला स्थानीय तह सञ्चालन आदेशानुसार मन्त्रालयले कामकारबाही सञ्चालन गरेको शर्माले बताउनुभयो । रासस 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको