Like us!
Follow us!
Connect us!
Watch us!

सारथी नेपाल लघुवित्तको साधारण सभा आज,एफपिओ निष्कासन गर्ने प्रस्ताव पेश हुने

अर्थ संसार

शुक्रबार, ०३ बैशाख २०७८, ०८ : २२ मा प्रकाशित

सारथी नेपाल लघुवित्तको साधारण सभा आज,एफपिओ निष्कासन गर्ने प्रस्ताव पेश हुने

सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपिओ निष्कासन गर्ने प्रस्तावसहित बार्हाैँ वार्षिक साधारण सभा आज गर्दै छ। 

संस्थाकाे चैत्र ९ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आज वैशाख ३ गते शुक्रबार, होटेल अरनिको ,धुलिखेलमा बिहान ११ बजेबाट सुरू हुनेछ ।

सभामा एफपिओ निष्कासन गर्ने प्रस्ताव पेश हुनेछ ।

यसैगरी, सभामा आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई ८.१३ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.४२ नगद वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदनमा छलफल तथा अनुमाेदन गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि बाह्य लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने, संस्थापक समुहका ४ जना तथा सर्वसाधारण समुहका  २ जना गरि ६ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।

त्यसैगरी, संस्थाले  साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि चैत्र १९ गतेदेखि वैशाख ३ गतेसम्म बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, चैत्र १८ गतेसम्म नेप्सेमा काराेबार भई कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

6078f90c3b5ba.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको