Like us!
Follow us!
Connect us!
Watch us!

सूर्यज्योति लाइफ इन्स्योरेन्सले डाक्यो साधारणसभा, ३५ प्रतिशत लाभांश सुरक्षित गर्न कहिले छ बुक क्लोज?

अर्थ संसार

आइतबार, ०२ बैशाख २०८१, १० : १५ मा प्रकाशित

सूर्यज्योति लाइफ इन्स्योरेन्सले डाक्यो साधारणसभा, ३५ प्रतिशत लाभांश सुरक्षित गर्न कहिले छ बुक क्लोज?

सूर्यज्योति लाइफ इन्स्योरेन्सले आफ्नो १६ औं वार्षिक साधारणसभाको मिति तय गरेको छ । कम्पनीले आफ्ना लगानीकर्तालाई ३५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको चैत २९ गते बसेको सञ्चालक समितिको बैठकले वैशाख २१ गते विराटनगरको होटल हैरिसन प्यालेसमा बस्ने गरि कम्पनीको साधारणसभाको मिति तय गरेको हो । कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ ।

सभामा कम्पनीको हाल कायम चुक्ता पुँजी चार अर्ब ५४ करोड ५५ लाख ७२ हजार एक सय रुपैयाँको १०.२६ प्रतिशतले हुन आउने ४६ करोड ६३ लाख ७५ हजार ६९७.४६ रुपैयाँ बराबरको बोनस सेयर र २४.७४ प्रतिशतले हुन आउने एक अर्ब १२ करोड ४५ लाख ७४ हजार ५३७.५४ रुपैयाँ लाभांश प्रस्ताव पनि पेश गरि पारित गरिने जनाइएको छ । 

साधारणसभा प्रयोजनार्थ कम्पनीले वैशाख ७ गते एकदिन कम्पनीले बुक क्लोज गर्ने जनाएको छ । अर्थात वैशाख ६ गतेसम्म कायम सेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको