Like us!
Follow us!
Connect us!
Watch us!

दशैको उपहार स्वरुप सुदरपश्चिमबासीलाई ‘चमेलिया’ उपहार दिदै प्राधिकरण

बुधबार, ३१ जेठ २०७४, १७ : ०९ मा प्रकाशित

दशैको उपहार स्वरुप सुदरपश्चिमबासीलाई ‘चमेलिया’ उपहार दिदै प्राधिकरण

अर्थ संसार,काठमाडौँ– प्रतिमेगावाट लागत रु ५७ करोड पुगेको नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको चमेलिया जलविद्युत् आयोजना आगामी असोजमा सम्पन्न हुने भएको छ  ।

लामो समयदेखि विवादको चक्रव्यूहमा फसेको आयोजना पछिल्लो दिनमा निरन्तर रुपमा निर्माण प्रक्रियाले गति लिएपछि सहजताका साथ सम्पन्न हुने क्रममा पुगेको हो ।

चमेलियाको प्रसारण लाइन निर्माण सम्पन्न भएपनि हावा हुरीका कारण केही स्थानमा टावरहरु ढलेको भन्दै पुनः निर्माणका लागि आग्रह गरिएको छ ।

सुरुङ खुम्चिएको विषयमा लामो समयदेखि रहेको विवाद समाधान भएपछि आयोजनाले गति लिएको हो । आयोजनाको प्रारम्भिक परिक्षण समेत भइसकेको छ । यस्तै आगामी असारको अन्त्यसम्म पूर्ण रुमपा आयोजनाको परिक्षण गर्ने तयार गरिरहेको छ ।

विकासको दृष्टिले पछाडि परेको सुदूरपश्चिमलाई सन्तुलन बनाउने लक्ष्यका साथ सरकारले चमेलिया आयोजना अगाडि बढाएको थियो ।

निर्माण सुरु भएको करिब १४ वर्षपछि आयोजना निर्माण सम्पन्न हुने चरणमा पुगेको हो । आगामी दशैमा सुदरपश्चिमबासीलाई उपहारको रुपमा आयोजनाबाट उत्पादित विद्युत् बाल्न पाउने व्यवस्था गरिन लागेको हो ।

आयोजनाका विषयमा रहेका विवाद समाधान भएको र निर्माण सम्पन्न हुने चरणमा पुगेको भन्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजनामा अझै गति दिन आग्रह गरेका छन् ।

आयोजनाबाट उत्पादित विद्युत् सहज रुपमा प्रसारण लाइन मार्फत राष्ट्रिय प्रसारणमा जोड्ने अधिकत्तम प्रयासमा प्राधिकरण रहेपछि रुख कटानमा रहेको समस्यामा कारण थप केही समय बिलम्ब हुने त होइन भन्ने आशंका समेत बढेको छ ।

सो आयोजनाको प्रसारण लाइन सम्पनन भए माथिल्लो चमेलिया, अपर नौगाड जस्ता निजी क्षेत्रले अगाडि बढाएका आयोजनाको समेत राष्ट्रिय प्रसारण लाइनमा पहुँच पुगन सक्ने देखिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको