Like us!
Follow us!
Connect us!
Watch us!
मध्य तमोर र तल्लो लिखु अगाडि बढ्दै

दुई आयोजना बनाउन हकप्रद सेयर दिदै सानिमा इनर्जी

बुधबार, ३१ जेठ २०७४, १९ : ०९ मा प्रकाशित

दुई आयोजना बनाउन हकप्रद सेयर दिदै सानिमा इनर्जी

अर्थ संसार,काठमाडौँ – गैरआवासीय नेपालीद्वारा प्रवद्र्धित तमोर सानिमा इनर्जीले ५४ मेगावाट क्षमताको मध्यतमोर जलविद्युत आयोजना बनाउन हकप्रद सेयर निस्काशनको तयारी गरेको छ ।

सो कम्पनीले मध्य तमोरका साथ साथै २८ मेगावाट क्षमताको तल्लो खिु आयोजना पनि सँगै अगाडि बढाउने भएको छ । ती दुई आयोजना निर्माणका लागि लगानी जुटाउने लक्ष्यका साथ हकप्रद सेयर निस्काशनको तयारी गरेको हो ।

सानिमा इनर्जीका प्रमुख कार्यकारी अधिकत डा सुवर्णदास श्रेष्ठले हकप्रद सेयरका लागि आवश्यक प्रक्रिया अगाडि बढेको बताए ।

नयाँ आयोजना निर्माणका लागि आवश्यक लगानी जुटाउन सानिमा माई हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर निश्कासन गर्ने तयारी गरेको डा श्रेष्ठले बताए ।

हकप्रद सेयर निष्कासनका लागि धितोपत्र बोर्डबाट अनुमति पर्खिरहेको सो कम्पनलिे जानकारी दिएको छ । दूई आयोजनाका लागि  आयोजना बनाउनका लागि १ बराबर १ अनुपातमा हकप्रद सेयर निश्कासन गर्न लागिएको हो ।

हकप्रद सेयर निश्कासनपछि कम्पनीको चुक्तापुँजी रु २ अर्ब ११ करोड ५० लाख पुग्ने छ । हकप्रद सेयरवापत प्राप्त रकम दुई आयोजना निर्माणमा लगानी गर्ने तयारी  गरिएको छ ।

सानिमाले २२ मेगावाटको माई, ७ मेगावाटको माइक्याकेड र साढे २ मेगावाटको सुनकोसी साना जलविद्युत आयोजना निर्माण गरिसकेको ३१ मेगावाट बिजुली उत्पादन गरिरहेको छ ।

नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिदबिक्री सम्झौता (पीपीए) भइसकको छ । लगानी जुटाउन  बैंकसंग छलफल भइरहेको उनले जानकारी दिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको