Like us!
Follow us!
Connect us!
Watch us!

धरानको मतगणना : एमाले अघिअघि कांग्रेस पछिपछि

शनिबार, २४ असार २०७४, २१ : ४७ मा प्रकाशित

धरानको मतगणना :  एमाले अघिअघि कांग्रेस पछिपछि

अर्थ संसार, इटहरी– धरान उपमहानगरको पछिल्लो मतगणनाको नतिजाअनुसार नेकपा (एमाले) का प्रमुख पदका उम्मेदवार तारा सुब्बाले १२ हजार २७३ तथा उपप्रमुखमा मञ्जु भण्डारीले १२ हजार ३३४ मत ल्याई अग्रता कायम गरिरहनुभएको छ ।

मतगणनाको नतिजाअनुसार नेपाली काँग्रेसका तिलक राईले १० हजार ३९४ तथा उपप्रमुखमा श्यामा रेग्मीले नौ हजार ९७२ मत ल्याएर एमालेलाई पच्छ्याई रहनुभएको छ ।

धरान उपमहानगरका २० वटामध्ये ११, १५, १७, १८, १९ र २० नम्बर वडाको मतगणना हुन बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको