Like us!
Follow us!
Connect us!
Watch us!

यस्ता छन् बिमा समितिले नयाँ बिमा कम्पनीर्ला दिएको सात बुँदे शर्त

आइतबार, ११ भदौ २०७४, १३ : ४२ मा प्रकाशित

यस्ता छन् बिमा समितिले नयाँ बिमा कम्पनीर्ला दिएको सात बुँदे शर्त

अर्थ संसार, काठमाडौँ– भर्खरै बिमा कारोबार गर्नका लागि इजाजातइजाजत पाएका ६ कम्पनीलाई बिमा समितिले सात बुँदे कडा शर्त अगाडि सारेको छ ।

कारोबारलाई व्यवस्थित र मर्यादित बनाउनका लागि त्यस्तो शर्त अगाडि सारिएको हो ।इजाजत पाएको ६ महिनाभित्र व्यावसाय सञ्चालन गर्न भौतिक पूर्वाधारसहित मुख्य कार्यालय रहने स्थानको विवरण बिमा समितिलाई पेस गर्नुपर्ने ।


जोखिमांकन विभाग, पुनर्बिमा विभाग र दाबी विभागको प्रमुखको नियुक्ति गरी जानकारी गराउनुपर्ने ।कर्मचारी सेवा विनियमावली र आर्थिक प्रशासन विनियमावली समितिमा पेस गर्नुपर्ने ।

बिमकको व्यावसायिक नीति खुल्ने गरी जोखिमांकन, ग्राहक सेवा, बजार प्रवर्धन र पुनर्बिमा सम्बन्धी दिग्दर्शन पेस गर्नुपर्ने ।

सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण नीति, प्रकृया तथा कार्यक्रम बनाई समितिमा पेस गर्नुपर्ने ।

पुनर्बिमा सझौता अन्तर्गत दायित्वको पुनर्बिमा गर्न मञ्जुर भएको प्रमाणपत्र समितिमा पेस गर्नुपर्ने ।बिमा समितिका सम्पूर्ण निर्देशन पालना गर्न कबुलियतनामा पेस गर्नुपर्ने ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको