Like us!
Follow us!
Connect us!
Watch us!

आर्थिक पत्रकार सञ्जय न्यौपानेको सम्झना

शुक्रबार, ०३ मंसिर २०७३, १३ : ५१ मा प्रकाशित

आर्थिक पत्रकार सञ्जय न्यौपानेको सम्झना

अर्थ संसार
काठमाडौं–आर्थिक पत्रकार सञ्जय न्यौपानेको तेह्रौं दिनको स्मृतिमा आर्थिक पत्रकार समाज (सेजन) ले बिहीबार नेपाल प्रज्ञा प्रतिस्ठान प्रांङ्गणमा श्रद्धाञ्जलीसभा आयोजना गरेको छ । 

‘एनाप्लास्टिक एस्ट्रोसिटोमा’ नामक स्नायु प्रणाली सम्बन्धी रोगको उपचार गराइरहेका कारोबार दैनिकका पूर्वसम्पादक तथा सेजनका अध्यक्ष न्यौपानेको अघिल्लो शनिबार अस्पतालमै निधन भएको थियो । सभामा नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र बिष्टले न्यौपानेको निधनले पत्रकारिता क्षेत्रमा अपुरणीय क्षति पुगेको भएको बताए । न्यौपाने महासंघका सभासद् समेत थिए ।

सेजनका संस्थापक अध्यक्ष प्रतीक प्रधानले आफूसँग काम गर्दा सञ्जयलाई नजिकबाट चिनेको बताउँदै ‘संजयलाई उत्कृष्ट पत्रकार भन्दा धेरे नहुने’ बताए । ‘आर्थिक पत्रकारिता क्षेत्रमा रहेका पत्रकारहरु एकपछि अर्को समस्यामा परिरहेका छन्,’ उनले भने, ‘पत्रकारहरुको सामाजिक सुरक्षा नहुँदा अल्पायुमै ज्यान गुमाउनु परिरहेको छ ।’

त्यस अबसरमा नेपाल उद्योग बाणिज्य संघका बरिष्ट उपाध्यक्ष भवानी राणा, बैंकर्स संघका अध्यक्ष अनिल शाहलगायतका उद्योगी ब्यवसायी, आर्थिक पत्रकारहरुको सहभागिता थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको