Like us!
Follow us!
Connect us!
Watch us!

ग्रीन डेभलपमेन्ट बैंकको सेयर संरचना फेरिदै, अब सर्वसाधारण सेयरको हिस्सा कति ?

अर्थ संसार

शुक्रबार, १६ चैत्र २०८०, १० : ०९ मा प्रकाशित

ग्रीन डेभलपमेन्ट बैंकको सेयर संरचना फेरिदै, अब सर्वसाधारण सेयरको हिस्सा कति ?

ग्रीन डेभलपमेन्ट बैंकले आफ्नो सेयर संरचना परिवर्तन गर्ने भएको छ । कम्पनीले अब ४९ प्रतिशत सेयर सर्वसाधारण समूहको तथा बाकिँ ५१ प्रतिशत सेयर संस्थापक समूहको हुने गरि सेयर संरचना हेरफेर गर्न लागेको हो ।

बैंकद्वारा जारी सूचनामा नेपाल राष्ट्र बैंकबाट सेयर संरचना परिवर्तन गर्न स्वीकृत भइसकेको उल्लेख गर्दै आउँदो साधारणसभामा उक्त प्रस्ताव पेश गर्ने जनाइएको छ । कम्पनीको हाल ५१ लाख ९० हजार कित्ता बराबरको ५१ करोड ९० लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ । नयाँ पुँजी संरचना अनुसार अब बैंकको संस्थापक सेयर २६ लाख ४६ हजार ९०० कित्ता हुनेछ ।

यस अघि ४५ प्रतिशत अर्थात २३ लाख ३५ हजार ५०० कित्ता सर्वसाधारण सेयर रहेकोमा सेयर संरचना परिवर्तन पश्चात् सर्वसाधारण सेयर संख्या बढेर २५ लाख ४३ हजार १०० कित्ता पुग्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको