Like us!
Follow us!
Connect us!
Watch us!

इजरायल माथिको इरानी हमला किन सबैलाई विन-विन अवस्था मानिदैछ ?

अर्थ संसार

आइतबार, ०२ बैशाख २०८१, १९ : १७ मा प्रकाशित

इजरायल माथिको इरानी हमला किन सबैलाई विन-विन अवस्था मानिदैछ ?

आइतबार सबेरै इरानले इजरायल माथि सयौं ड्रोन र मिसाइल हमला गरेपछि विश्व नै तरङ्गित बन्यो । मध्यपूर्वमा द्वन्द थप चर्किने आशंकाबीच कतिपय कुटनीति विज्ञले भने आक्रमणलाई सबैलाई जीतको अनुभूति दिलाएको अवस्था सिर्जना भएको बताएका छन् ।

हमास आक्रमण पछि मध्यपूर्वमा इजरायलको सैन्य शक्तिलाई कतिपयले आशंकाको दृष्टिले हेरेका थिए । अमेरिकी सुरक्षाका कारण इजरायल शक्तिशाली देखिएकोसम्मको टिप्पणी हुँदै गर्दा इजरायलले इरानको करिब ९९ प्रतिशत आक्रमण विफल पारेको बताउँदै आफ्नो प्रतिरक्षा प्रणाली उत्कृष्ट रहेको विश्वलाई देखाउन सफल भएको छ । मध्यपूर्वमा यमनका हुथी, लेबनानका हेजबुल्लाह, प्यालेस्टाइनको हमास जस्ता इरान समर्थित संगठनसँग भिडिरहने इजरायललाई आफ्नो दबदबा कायम रहेको देखाउने अवसर मिलेको कतिपय कुटनीतिज्ञको भनाई छ ।

यता अमेरिका पनि इजरायललाई दिएको वचन पूरा गर्न सकेको हुँदा जीतको नै महसुस गर्न सक्नेछ । इरानले आक्रमण गरे 'आइरनक्लाड सपोर्ट' दिने अभिव्यक्ति दिएका अमेरिकी राष्ट्रपति जो बाइडेनको वाचा पनि पूरा भएको छ । इरानी हमला रोक्न बेलायती र अमेरिकी प्रतिरक्षा प्रणालीले इजरायललाई सहायता पुर्याएको थियो ।

इरानी हमलाले हमासलाई पनि फाइदा पुगेको छ । इजरायली आक्रमण ठूलो क्षति भोगेको प्यालेस्टेनी लडाकु समूह हमासले युद्ध रोक्न पछिल्लो इजरायली प्रस्तावसमेत अस्वीकार गरिदिएको छ । इरानसँग इजरायल खुला द्वन्द्वमा उत्रँदा इजरायल थप कमजोर हुने हमासको आँकलन छ । यस्तै अपेक्षा इजरायलसँग अप्रत्यक्ष द्वन्द लडिरहेका अन्य लडाकु समूहहरुको पनि छ ।

यता आक्रमणबाट इरानले पनि आफ्ना जनतालाई इजरायलसँग प्रतिशोध लिन सक्षम भएको देखाउन सफल भएको छ । इरान मौन बस्ने अपेक्षा विपरीत त्यहाँको रिभोलुसनरी गार्डले इजरायल माथि सिधा हमला गरिदिएको हो । हमला मार्फत आफ्ना विपक्षीलाई इरानले परिआएमा हमला गर्न पछि नपर्ने उदाहरण देखाउन सफल भएको छ ।

यदि द्वन्द थप नबढेमा यसलाई कुटनीतिमा एक विन विन अवस्था नै लिन सकिने बताइएको हो । यद्यपि इजरायलले भने हमलाको जवाफ दिने बताएको छ भने इरानले हमला भए यसभन्दा निकै ठूलो स्केलमा आक्रमण गर्ने चेतावनी दिइसकेको छ । यस तनावमा सबैभन्दा ठूलो भूमिकामा रहेको अमेरिका भने आसन्न आम निर्वाचनका कारण धेरै तनाव नबढाउने पक्षमा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको