Like us!
Follow us!
Connect us!
Watch us!

आइडियाप्रनर नेपालद्वारा उत्कृष्ट कम्पनी चिन्न सिकाउने फण्डामेन्टल विश्लेषण कक्षा सञ्चालन हुँदै

अर्थ संसार

सोमबार, ०३ बैशाख २०८१, १६ : १२ मा प्रकाशित

आइडियाप्रनर नेपालद्वारा उत्कृष्ट कम्पनी चिन्न सिकाउने फण्डामेन्टल विश्लेषण कक्षा सञ्चालन  हुँदै

आइडियाप्रनर नेपालले यही नयाँ वर्ष २०८१ सँगै एक सफल लगानिकर्ता बन्न नभैई नहुने आधारभूत विश्लेषण सम्बन्धित ज्ञानलाई परिष्कृत गर्न सहयोग पुग्ने गरी दुई बैशाख ६ गते देखी हप्ता सम्म चल्ने आधारभूत विश्लेषण कक्षा सञ्चालन गर्ने भएको छ । 

नेपालमा सन २०२० देखि वित्तीय साक्षरता प्रवद्र्धनको भुमिका  निभाउँदै आएको आइडियाप्रनर नेपालले यो पटक भने धेरैको माग र चाहना अनुरुप पहिलो पटक भौतिक कक्षा सञ्चालनमा  ल्याउन लागेको हो ।  

कक्षा दैनिक २ घण्टा साँझ ६ बजे देखी ८ बजे सम्म टेकस्पायर कलेज नयाँ बानेश्वरमा हुने छ । भौतिक कक्षामा उपस्थित हुन नसक्ने हरु पनि जुम मार्फत एकै समयमा अनलाइन लाइभ कक्षामा सामेल हुन सक्नेछन् ।  

कक्षामा लगानी किन गर्ने, नेपालमा के कस्ता लगानीका विकल्प छन्, लगानी गर्नु पुर्व आफ्नो व्यक्तिगत वित्तीय व्यवस्थापन किन र कसरी गर्ने, नेप्सेको हालसम्मको इतिहास, प्राथमिक र दोस्रो बजार भनेको के हो, सेयर बजार बारे थाहा हुने पर्ने सामान्य शब्दावली र तिनका अर्थ देखी लिएर कम्पनीको फण्डामेन्टल विश्लेषण कसरी गर्न सकिन्छ, सेयर बजारमा प्रभाव पार्ने आर्थिक कारकहरू के के हुन्छन र के कस्ता असर तिनले बजारमा पार्दछन्, कुनै पनि कम्पनीको वास्तविक मूल्य कसरी पत्ता लगाउने जस्ता थुप्रै अन्य विषय समेटिने छ  ।

त्यस्तै,उत्कृष्ट कम्पनी कसरी छान्ने, लगानीका लागि आवस्यक आफ्नो व्यक्तिगत योजनाहरू कसरी बनाउने, लगानी गर्दा हुन सक्ने जोखिम कसरी कम गर्ने लगायतका अन्य थुप्रै विषयमा ज्ञान हासिल गर्न सकिने  छ ।  सफल लगानीकर्तामा हुनु पर्ने अति आवश्यक गुण र विशेषताको पहिचान गरि आफ्नो कार्यशैलीमा त्यस्ता गुणलाई झल्काउन यस कक्षाले मद्दत पुर्याउने छ ।   

कक्षा लिन चाहनेहरुले https://ideapreneurnepal.com/class/available-classes/मा गएर आफ्नो नाम दर्ता गर्न सक्नेछन् साथै कक्षा सम्बन्धि थप केहि जानकारी लिनु परेमा ९८६३२३८१२६ मा सम्पर्क गर्न सकिनेछ ।   

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको