Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ वर्षको हर्ष छाएन सेयरबजारमा, लगातार तेस्रो दिन ओरालो लाग्यो नेप्से

अर्थ संसार

मंगलबार, ०४ बैशाख २०८१, १५ : ११ मा प्रकाशित

नयाँ वर्षको हर्ष छाएन सेयरबजारमा, लगातार तेस्रो दिन ओरालो लाग्यो नेप्से

२०८१ साल लागेपछिको तेस्रो दिनको कारोबारमा पनि सेयरबजारमा गिरावट नै आएको छ ।

हिजो १६.८२ अङ्कले घटेको सेयरबजार आज थप १४.८१ अङ्कले घटेर १९९१.७१ विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबारको दिन कुल २ अर्ब ७९ करोड ७५ लाख ७७ हजार ४ सय ३२ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम घटेर २ अर्ब १० करोड ३० लाख १९ हजार २ सय १८ रुपैयाँ पुगेको छ । आज बजार घट्दा कारोबार रकममा पनि गिरावट भएको हो ।

आज सर्वाधिक कमाउने कम्पनीहरुमा गोर्खाज फाइनान्स र ग्रीन डेभलपमेन्ट बैंक रहे । ती कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा बढीले वृद्धि भयो । आज सर्वाधिक गुमाउनेमा रुरु हाइड्रो, सिवाईसी लघुवित्त र पोखरा फाइनान्स रहे । उक्त कम्पनीहरुको सेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घट्यो ।

आज कुनै पनि उपसूचक बढ्न सकेन । यसैगरी आज हाइड्रोपावर समूहको उपसूचक सर्वाधिक १.३१ प्रतिशतले घट्दा लघुवित्त समूहको उपसूचक १.१६ प्रतिशतले घट्यो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको