Like us!
Follow us!
Connect us!
Watch us!

एसिसि प्रिमियर कपमा अपराजित रहँदै नेपाल सेमिफाइनलमा

अर्थ संसार

बुधबार, ०५ बैशाख २०८१, १६ : १९ मा प्रकाशित

एसिसि प्रिमियर कपमा अपराजित रहँदै नेपाल सेमिफाइनलमा

एसिसि प्रिमियर कपको आजको खेलमा साउदी अरबलाई ६ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।

ओमान टर्फ मैदानमा भएको खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गरेको थियो । वर्षाको कारण प्रति टोली आठ-आठ ओभर खेलिदै गरेको खेलमा नेपालले साउदी टोलीलाई ७३ रनमा रोक्न सफल भएको थियो । साउदी अरबका लागि अब्लुल वाहिदले ३७ रन बनाउनु बाहेक अन्य कसैले उल्लेख्य योगदान दिन सकेनन् । बलिङतर्फ नेपालका करन केसी र अविनाश बोहोराले दुई-दुई विकेट लिए भने ललित राजवंशी र प्रतिश जिशी एक-एक विकेट चट्काए । 

प्रतिउत्तरमा ७४ रनको लक्ष्य नेपालले ७.२ ओभरमै चार विकेटको क्षतिमा पूरा गर्यो । नेपालका लागि गुल्सन झाले सर्वाधिक ३२ रन नटआउट बनाए भने दीपेन्द्र सिंह ऐरीले पनि १७ रनको योगदान दिए । प्रतियोगितामा नेपालले यसअघि भएका आफ्ना तीन खेलमा जीत हासिल गर्दै सेमिफाइनल प्रवेश गरिसकेको थियो । साउदी अरब भने हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ ।

ओमानमा जारी प्रतियोगितामा १० देश सहभागी छन् । समूह 'ए' मा नेपालसहित हङकङ, मलेसिया, कतार र साउदी अरब रहेका छन् भने समूह 'बि' मा आयोजक ओमानसहित युएई, कुवेत, बहराइन र कम्बोडिया रहेका छन् । एसिया कपको छनोट प्रतियोगिता रहेको यस प्रतियोगिताबाट शीर्ष दुई टोली छनोट हुनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको