Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्मी सनराइज बैंकको रिपोर्टमा नाफा बढ्नुको कारण बैंकको प्रदर्शन होइन , कारण यस्तो..

अर्थ संसार

शुक्रबार, ०७ बैशाख २०८१, ०८ : ०१ मा प्रकाशित

लक्ष्मी सनराइज बैंकको रिपोर्टमा नाफा बढ्नुको कारण बैंकको प्रदर्शन होइन , कारण यस्तो..

लक्ष्मी सनराइज बैंकले यस आर्थिक वर्ष २०८०/८१ को  तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।  बैंकको यस त्रैमासमा बैंकको नाफा बढेको देखिन्छ। 

बैंकको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद नाफा २७.७ प्रतिशत बढेको देखिन्छ। तर बैंकको नाफा बढ्नुको कारण बैंकको प्रगति भन्दा पनि अर्को रहेको छ। तत्कालीन लक्ष्मी र सनराइज बैंक मर्जपछि एकीकृत वित्तीय विवरण सार्वजनिक भएको कारणबैंकको नाफा बढेको देखिएको मुख्य कारण हो। 

बैंकले यस आर्थिक वर्षको पहिलो नै महिनामा १ अर्ब ६१ करोड रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा नाफा १ अर्ब २६ करोड रुपैयाँ थियो । 

तेस्तै, मर्जर कै कारण समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि १०३.४९ प्रतिशतले बढेको देखिन्छ। 

नाफा बढ्यो तर ईपीएस भने घट्यो 

बैंकको विवरणमा खुद नाफा बढेको देखिए पनि प्रतिसेयर आम्दानी (ईपीएस) भने घटेको छ ।गत वर्ष वार्षिक प्रतिसेयर आम्दानी १४ रुपैयाँ ६१ पैसा रहेकोमा अहिले ९ रुपैयाँ २९ पैसामा झरेको छ ।

बैंकले नाफा देखिए पनि नाफा भइसकेको नाफा उठाउन सकेको छैन जसका कारण बैंकको वितरणयोग्य नाफा ऋणात्मक देखिएको छ। हाल बैंकको वितरणयोग्य नाफा १ अर्ब २४ करोड ऋणात्मक छ । 

बैंकले लोन लस प्रोभिजनवापत (इम्पेरिमेन्ट चार्ज) ४ अर्ब छुट्याएको छ । अघिल्लो वर्ष यो १ अर्ब ९ करोड रहेको थियो ।

बैंकको मूल्य आम्दानी अनुपात १६.३८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ ५९ पैसा रहेको छ।

बैंकको हालको चुक्ता पूँजी २३ अर्ब १८ करोड रुपैयाँ रहेको छ। तेस्तै, बैंकको जगेडा कोषमा १६ अर्ब ६० करोड रुपैयाँ सञ्चित छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको