Like us!
Follow us!
Connect us!
Watch us!

निफ्राको नाफा १५ प्रतिशतले घट्यो,प्रति सेयर आम्दनी कति ?

अर्थ संसार

शुक्रबार, ०७ बैशाख २०८१, १० : ३८ मा प्रकाशित

निफ्राको नाफा १५ प्रतिशतले घट्यो,प्रति सेयर आम्दनी कति ?

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । निफ्राले सार्वजनिक विवरण अनुसार विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

खुद नाफा 

चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा बैंकले ९८ करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.०२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १६ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै बैंकको खुद नाफा घट्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २.५७ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ६३.२८ प्रतिशत घटेको छ। 

वितरणयोग्य मुनाफा

चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ४७ करोड ८८ लाख रुपैयाँ रहेको छ भने प्रतिसेयर वितरणयोग्य मुनाफा २ रुपैयाँ ९६ पैसा रहेको छ।

प्रतिसेयर आम्दानी /प्रतिसेयर नेटवर्थ

चैत मसान्तसम्ममा बैंकको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ९ पैसा रहेको छ। त्यस्तै, सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ३४.४६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ११० रुपैयाँ ६५ पैसा रहेको छ।

जगेडा कोष / बैंकको निक्षेप
२१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २ अर्ब १ करोड रुपैयाँ सञ्चित छ। चैत मसान्तसम्ममा बैंकको निक्षेप २४.३७ प्रतिशत बढेको छ भने कर्जा ७.२५ प्रतिशत घटेको छ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको