Like us!
Follow us!
Connect us!
Watch us!

अमेरिकामा बृहद् अन्तराष्ट्रिय सिर्जना अनुस्ठान

आइतबार, १२ मंसिर २०७३, १० : ४५ मा प्रकाशित

अमेरिकामा बृहद् अन्तराष्ट्रिय सिर्जना अनुस्ठान

सरु काली

डालस (अमेरिका)–ग्लोबल भुटानी लिटरेचर अर्गनाइजेसनले अमेरिकाको टेक्सासस्थित अर्विङमा तेस्रो बृहद अन्तराष्ट्रिय सिर्जना अनुष्ठान आयोजना गरेको छ । 

दुई दिने अनुस्ठानको पहिलो दिन नेपाली भाषा साहित्य अन्तराष्ट्रियकरणमा संस्थाहरुको भूमिका विषयमा देश सुब्बा, भुटानी नेपाली साहित्यमा देखिएको सन्दर्भहरु र अग्रगामी निकासबारे सुरेन्द्र लिम्बू, सामाजिक चिन्तन र संचारको प्रभावबारे दार्जिलिङकी साहित्यकार विन्द्या सुब्बा, समीक्षक डा. कविता लामालगायतले प्रस्तुति दिएका थिए ।

त्यसै अबसरमा भयवादबारे देश शुब्बा र माइकल फिसरले प्रस्तुति दिएका थिए । त्यस्तै भुटानी अमेरिकी र भुटानी शरणार्थीबारे डिबी राई, भुगोलको हैन भावनाको सञ्चारबारे डा. प्रदीप भट्टराई, भुटानी नेपाली साहित्य र नेपाली साहित्यबीचको विवाद, अन्तर र एकिकरण सम्भावनाबारे अन्तराष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष पदम विश्वकर्मालगायतले प्रस्तुति दिएका थिए ।

बेलुका साहित्यिक साँझ आयोजना गरिएको थिए । त्यस अबसरमा विभिन्न श्रष्टाहरु बासुभण्डारी, बैकुण्ठ राज, लक्की राशी, नादेश, कृष्ण सुब्बा, यदुनाथ अधिकारी, लीला अधिकारी, नेत्र आचार्य, एलबी रिखाम, सरु कालीलगायतले कविता, गजल, रुबै आदि प्रस्तुत गरेका थिए । कार्यक्रमको दोस्रो दिन गायक खर्क गजमेरको गीति एल्बम काली सार्बजनिक गरिएको थियो ।

त्यस्तै समाज निर्माण, समस्या र जिम्मेवारीबारे छलफल आयोजना गरिएको थियो । त्यसमा ग्लोबल भुटानी लिटरेचर अर्गनाइजेसनका अध्यक्ष डेन्जोम साम्पाङ, प्रभात दीक्षित, प्रकाश कोइराला, पदम विश्वकर्मा, नारद पोखरेल, विन्द्या सुब्बा र कविता लामाले छलफलमा भाग लिएका थिए । 

ग्लोबल भुटानी लिटरेचर अर्गनाइजेसनका तर्फबाट तुम्बाहाङ लिम्बूकोे भग्न पर्खालको सयपत्री कविता सङ्ग्रहलाई उत्कष्ट बर्ष पुस्तकका रुपमा घोषणा गरिएको थियो । 

583a7b7700e07.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको