Like us!
Follow us!
Connect us!
Watch us!

हस्तकला मेला १ लाखभन्दा बढीले गरे अबलोकन

सोमबार, १३ मंसिर २०७३, १० : ४२ मा प्रकाशित

हस्तकला मेला १ लाखभन्दा बढीले गरे अबलोकन

 अर्थ संसार

काठमाडौं– नेपाल हस्तकला महासंघले आयोजना गरेको ब्यापार मेलाको तेस्रो दिन आइतबार ३० हजार जनाले अबलोकन गरेका छन् । मेलामा प्रत्यक्ष र परोक्ष गरी करिब १ करोड ५० लाख रुपैयाँ बराबरको आर्थिक कारोबार भएको आयोजनकले जनाएको छ । मेलाको दोस्रो दिन शनिबार परेकाले ५० हजार जना अबलोकन गर्न आएका थिए ।

उद्घाटनको दिन आयोजकले औपचारिक रुपमा अबलोकनकर्ताको गणना गरेन । तीन दिनमा १ लाखभन्दा बढीले मेला अबलोकन गरेको आयोजक समितिका संयोजक होमनाथ उपाध्यायले बताए

मेलामा ७ वटा पेभिलियनसहित १ सय ७८ वटा स्टल छन् । बंगलादेश, पाकिस्तान, चीनको स्वासासित क्षेत्र तिव्वत र भुटानका प्रदर्शनकर्ताहरुले समेत मेलामा भाग लिई रहेका छन् । 

मेलामा आइतबार नेवा डे मनाईएको छ । यसमा प्रतिभा समूह नकबहिल ललितपुरद्वारा नेवारी संस्कृति झल्किने डाफा भजन, नौ बाजा, अष्टमातृका नाच र धिमे नाच प्रस्तुत गरिएको थियो ।

म्ोलाको चौंथो दिन सोमबार तराई दिवस मनाईने छ । यसमा थारु संस्कृतिअनुसारको कार्यकमहरु प्रस्तुति गरिने संयोजक उपाध्यायले बताए । 

म्ोलाको तेश्रो दिन बाणिज्य सचिव ङईन्द्रप्रसाद उपाध्याय, नेपाल स्थित चिनीय राजदुतावासका वरिष्ट अधिकृतहरु, तिब्बेत विश्वविद्यालयका प्राध्यापकहरु, स्वीडेनका व्यापारीलगायतले मेलाको अवलोकन गरेका थिए । 

व्यापार मेलाकै अवसरमा आयोजना भएको १२ औं हस्तकला प्रतियोगितामा यस पटक धातुपत्रकला र उनी बुनाई विधामा प्रतियोगीहरुले प्रदर्शनी स्थलमा बसेर आफ्नो कला प्रदर्शन गरेका थिए । उक्त प्रतिस्पर्धा  अवलेकन गर्नेहरुको पनि ठूलो भिड लागेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको