Like us!
Follow us!
Connect us!
Watch us!

कोकाकोलाको बोतलसँगै सन्देश पठाउने अभियान

मंगलबार, ११ असोज २०७३, १५ : ३१ मा प्रकाशित

कोकाकोलाको बोतलसँगै सन्देश पठाउने अभियान

अर्थ संसार
काठमाडौं–कोकाकोलाले ‘मन खोलौं कोकसँग’ भन्ने नयाँ अभियान घोषणा गरेको छ । कम्पनीले १५ वटा संदेशसहितका नयाँ लेबल प्याक सार्वजनिक गरेको छ । यी सम्बन्धहरु नियमित लोगोको स्थानमा राखिएका छन् । यस अबसरमा परिवारका सदस्य, आफन्त, साथी वा सम्मानित व्यक्तिका लागि उपभोक्ताले आफूले चाहेको प्याक खरीद गरेर हरेकका लागि संदेशसहित उपहार प्रदान गर्न सक्नेछन् ।

कोकाकोला नेपालका देशीय निर्देशक अलोक कोहलीले दशैं आर्शिवाद थाप्ने तथा एक आपसमा जोडिने महोत्सव भएकाले आफ्ना उपभोक्ताहरुलाई साथीहरु तथा परिवारसँग जोडिन सहयोग गर्न कोकाकोलाले नयाँ योजना ल्याएको बताए । कोकाकोलाले बोतलमा परम्परागत लेबलहरु यस वर्ष हटाएको छ ।

योजना सार्बजनिक कार्यक्रममा माइती नेपालकी अनुराधा कोइरालालाई कोहलीले संदेशसहितको बोतल हस्तान्तरण गरेका थिए । त्यस अबसरमा कोइरालालाई माइती नेपालका केही युवायुवतीले परिवार, मेरो खुशीको संसार संदेश भएको बोतल प्रदान गरेका थिए ।

यस्तै अभिनेत्री अन्ना शर्माले आफ्नी आमा रचना गुरुङ्ग शर्मालाई ‘आमालाई धेरैधेरै माया’ संदेशसहितको उपहार प्याक प्रदान गरिन् । त्यसैगरी बैंकर रविना देशराज श्रेष्ठले छोरा आयुशमानलाई ‘छोरा तिमी हाम्रो संसार’ संदेशसहितको उपहार प्रदान गरिन् ।

राष्ट्रिय फुटबल खेलाडी नवयुग श्रेष्ठले आफ्ना प्रशिक्षक राजु शाक्यलाई ‘तपाईँ सँधै आदरणीय’ संदेश सहितको प्याक प्रदान गरे । गायिका शितल मोक्तानले आफ्नी बहिनी सुवानीलाई ‘ठट्टामा लुकेको माया’ संदेशसहितको बोतल प्रदान गरिन् । गायक रामकृष्ण ढकालले आफ्नी श्रीमती नीलम साह ढकाललाई ‘तिमी र म सँधै सँग–सँगै’ भन्दै बोतल प्रदान गरेका थिए ।
६ असोज, ०७३

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको