Like us!
Follow us!
Connect us!
Watch us!

ओरालो बजारमा हाम्रो विकास बैंकका लगानीकर्ताले १० प्रतिशतले कमाए, बजार भने ३० अंकले घट्यो

आइतबार, १९ मंसिर २०७३, १५ : ३२ मा प्रकाशित

ओरालो बजारमा हाम्रो विकास बैंकका लगानीकर्ताले १० प्रतिशतले कमाए, बजार भने ३० अंकले घट्यो

अर्थ संसार

काठमाडौं–निरंतर घटेर सुधारोन्मुख देखिएको सेयर बजार साताको पहिलो दिन आइतबार पुन ओरालो लागेको छ । यस दिन नेप्से २९.५४ अंकले घटेर १५७१ अंकमा समेटिएको छ । 

कारोबार सुरु हुनासाथ घट्न थालेको बजार पौने १२ बजेसम्म आइपुग्दा ३० अंकभन्दा बढीले झरेको थियो । त्यसपछि बजार साँडे १२ बजेसम्म केही सुधार भएर १५९० मा पुग्यो । त्यसपछि विस्तारै घटेको बजार अघिल्लो दिनको तुलनामा साँढे २९ अंकले घटेर बन्द भयो । 

नेप्सेमा आइतबार कारोबार रकमसमेत निकै घटेको छ । सधैं अर्ब नाघ्ने कारोबार यस दिन ७५ करोड ५३ लाख रुपैयाँमा सीमित भएको छ । यस दिन ५ हजार ७९ वटा कारोबारबाट १० लाख ८० हजार कित्ता सेयर कारोबार भए । यस दिन १ सय ३७ कम्पनीका सेयर किनबेच भएका थिए । 

घटेको बजारमा होटल समुह ५५.८१ र उत्पादन समुह ५.४६ अंकले हरिया भए । अरु रातै भएका उपसूचक बैंकिङ २६.०६, विकास बैंक समुह २५.३, जलविद्युत ४४.३८, वित्तीय संस्था १२.७५, इन्स्योरेन्स २७४.५६ र अन्य १२.१५ अंकले घटेका छन् ।

यस दिन उच्च कारोबार हुने कम्पनीहरुमा एभरेस्ट बैंक, सिद्धार्थ बैंक, मेगा बैंक, शिखर इन्स्योरेन्स कम्पनी, सिटिजन्स बैंक इन्टरनेशनको प्रमोटर सेयर, बैंक अफ काठमाडौं लुम्बिनी, नेपाल बंगलादेश बैंकलगायत छन् । सधैं जस्तै उच्च कारोबार एभरेस्टको भएको छ । यस दिन एभरेस्टको ५ करोड ६८ लाख रुपैयाँको किनबेच भएको छ । 

घटेको बजारमा हाम्रो विकास बैंकका लगानीर्ताले १० प्रतिशतको हाराहारीमा कमाएका छन् । हाम्रो विकास बैंकको सेयर मूल्य ४९ रुपैयाँले बढेर ५४७ मा बन्द भएको छ । यस्तै अरुण फाइनान्स र जेविल्स फाइनान्सका लगानीकर्ताले १० प्रतिशतको हाराहारीमा कमाएका छन् ।

५ प्रतिशतभन्दा बढीले कमाउनेमा वेस्टर्न डेभलपमेन्ट बैंक, सिनर्जी फाइनान्सलगायतका लगानीकर्ता छन् । अपी पावरका लगानीकर्ताले पनि झण्डै ३ प्रतिशतले कमाएका छन् । यस दिन उच्च दरले गुमाउनेमा आइएलएफसिओ माइक्रोफाइनान्स, कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक, रिलायबल माइक्रोफाइनान्स वित्तीय संस्था, नेपाल कम्युनिटी डेभलपमेन्टलगायतका संस्थाका लगानीकर्ता छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको